CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सावधान! च्वांक केटी साईवर अपराधीको फन्दामा पर्नुहोला

सावधान! च्वांक केटी साईवर अपराधीको फन्दामा पर्नुहोला

सावधान ! सुन्दर एमाको रुपले साईवर अपराधीको फन्दामा पर्नुहोला !एजेन्सी, । चर्चित हलिउड फिल्म ह्यारी पोर्टरकी अभिनेत्री एमा वाटसन साईवर अपराधीको निशानामा पहिलो नम्बरमा परेकी छिन् । साईवर अपराधीहरु इन्टरनेट प्रयोगकर्तालाई लोभ्याउन महिला सेलिब्रटीहरुलाई प्रयोग गर्ने गर्छन् । त्यस्ता सेलिब्रटीहरु मध्ये अहिले एमा पहिलो स्थानमा परेकी हुन् ।

इन्टरनेट सुरक्षासँग सरोकार राख्ने कम्पनी मैकेफीले यस बारेको तथ्यको खुलासा गरेको हो । उक्त कम्पनीका अनुसार एमा त्यस्ती अभिनेत्री हुन्, जसलाई अनलाईनमा सबै भन्दा बढी खोजी गरिन्छ ।

मैकेफीका अनुसार साईवर अपराधीहरु कयौं साईट मार्फत् एमाको तस्वीर देखाउँदै चलाखी गरेर इन्टरनेट प्रयोगकर्तालाई खतरनाक सफ्टवेयरमा लिएर जान्छन् र डाउनलोड गराउँछन् वा व्यक्तिका निजी जानकारीहरु चोरी गर्छन् ।

मैकेफीले जनाए अनुसार जब २२ वर्षीय अभिनेत्री एमाको बारेमा सर्च गरिन्छ त तब आठ पटकमा कम्तिमा एकपटक खतरनाक साईटमा पुगिन्छ । उक्त कम्पनीले यस्तो अध्ययन गरेको यो छैठौं पटक हो । 

पछिल्लो वर्ष यस्तो सुचीको पहिलो नम्बरमा मोडल तथा अभिनेत्री हैदी क्लाम परेकी थिइन् । त्यस्तै इन्टरनेटमा बढी खोजी हुने सेलिब्रटीहरुमा जेसिका बिएल, इवा मेन्डस, सेलिना गोमेज र हैली बैरी भएको जनाइएको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis