CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » होलीमा झडप हुँदा छोराको मृत्यु, बुबाको अवस्था चिन्ताजनक

होलीमा झडप हुँदा छोराको मृत्यु, बुबाको अवस्था चिन्ताजनक


जितेन्द्रकुमार झा, राजविराज, चैत १५- दुई समूहबीच झडप हुँदा गएराति सप्तरीको कटैया-६ स्थित दलित बस्तीमा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा २५ वर्षीय जयप्रकाश मुखिया छन्। कटैया-६ स्थित मुखिया टोलमै घर भएका जयप्रकाशको टाउकोमा वियरको बोतले हान्दा उनको ज्यान गएको हो।
टाउको गम्भीर चोट लागेका जयप्रकाशलाई उचारका लागि तत्कालै राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइएको र त्यहाँ उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो। विराटनगर लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यता झपडमा गम्भीर घाईते भएका मृतक जयप्रकाशका वुवा ५० वर्षीय राम मुखियाको हालः विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भइरहेको छ। सघन उपचार कक्षमा उपचार गराइरहेका उनको अवस्था भन्ने निकै चिन्ताजनक रहेको चिकित्सकको भनाइलाई उद्धृत गर्दै सप्तरीका प्रहरी प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले बताए।
रक्सी खाएर दुई समूहबीच राति साढे एक बजे झडप सुरु भएको थियो। 'रक्सीको उन्मादका कारण स्थानीय दुई समूहबीच झडप भएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ', डीएसपी चौधरीले भने, 'झडपको खासै कारण हाल सम्म पनि पत्ता लागेको छैन, प्रत्यक्षदर्शीहरुका अनुसार रक्सिकै कारण एक्कसी झडप भएको हो।'
होलीमा झगडा हुदा १२ जना घाइते, चारको अवस्था चिन्तजनक,
त्यस्तै रौतहटका तीन गाविसमा होलीको मौका छोपी मदिरा सेवन गरी झगडा हुँदा १२ जना घाइते भएका छन्। जसमा चारको अवस्था चिन्ताजनक छ।
होली मनाउने विषयलाई लिएर स्थानीय सग्राम्पुर गाविस वडा नम्वर ८ मा अजित पाठक र विनोद ठाकुरबीच विवाद भएपछि कुटाकुट हुँदा पाठक गम्भिर घाइते भएका थिए।
गम्भिर घाइते पाठकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारका लागि नारायणी उप क्षेत्रिय अस्पताल विरगंज लगिएको बताइएको छ।
- नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis