CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सेक्सले गराउन सक्छ क्यान्सर

सेक्सले गराउन सक्छ क्यान्सर

sexक्यान्सर एक असाध्य प्राणघातक रोग हो । विश्वमा वर्षेनी लाखौँ मानिसले क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन् । क्यान्सर वंशाणुगत कारणले पनि हुनसक्छ र यसका अन्य विभिन्न कारण हुन्छन् । अस्वस्थकर खानपान तथा जिवनशैली समेत क्यान्सरको मुख्य कारण हो । त्यसबाहेक कतिपय अवस्थामा सम्भोग समेत क्यान्सरको कारण बन्ने
विज्ञहरुले बताएका छन् ।
खासगरी अस्वस्थ तथा असुरक्षित यौन व्यवहारका कारण क्यान्सर हुनसक्ने विज्ञहरुको भनाई छ । हालै हलिउड अभिनेता माइकल डगलसले समेत आफुलाई मुखमैथुनका कारण क्यान्सर भएको खुलासा गरेका छन् । आफुले महिलाहरुसँग ओरल सेक्स गर्ने गरेको र सोही कारण आफुलाई घाँटीको क्यान्सर भएको उनको भनाई छ ।
डगलसलाई ह्युमन प्यापिलोमा भाइरसका कारण घाँटीको क्यान्सर भएको थियो । यो भाइरस सेक्सका दौरान फैलिने गर्छ ।
कम उमेरको सम्भोग महिलाहरुको हकमा क्यान्सरको एक डरलाग्दो कारण बन्नसक्ने चेतावनी विज्ञहरुले दिने गरेका छन् । कम उमेरमा हुने सेक्सका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च हुने विज्ञहरुको भनाई छ ।
असुरक्षित सेक्सका कारण पुरुषमा भने प्रोस्टेट क्यान्सरको खतरा बढ्न जान्छ । असुरक्षित यौन सम्पर्क विभिन्न खाले यौन रोगको फैलावटको मुख्य कारण त हो नै, यो क्यान्सरको समेत कारकतत्व बन्नसक्छ । त्यसैले यौन जिवनलाई सुरक्षित र स्वस्थ बनाउनु आवश्यक छ ।
साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis