CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राशिफलमा विश्वास गर्नुहुन्छ ?

राशिफलमा विश्वास गर्नुहुन्छ ?

मलाई त मेरो राशी नै थाहा छैन। 

     - सरिता गुरुङ

थोपा पनि लाग्दैन। किन विश्वास गर्नु ? सबै हावा मात्रा लाग्छ। राशिफलको सानो कुराले भविष्य निर्धारण गर्ने हो भने कसैले
दुःख पाउँदैनथ्यो।

     - बादल सागर

मलाइ चाहिँ विश्वास लाग्दैन। किनभने अहिलेसम्म राशिफलमा उल्लेख भएजस्तो केही पूरा भएको छैन।

     - सञ्जित पाण्डे

मलाई त राशिफल, बासिफल जस्तो लाग्छ। कतिपय एफएम तथा पत्रिकाले एउटै राशिफल वर्षैभरि प्रयोग गर्छन्। 

     - संगिना मगरनी

यो पनि विज्ञानमा आधारित छ, त्यसैले विश्वास लाग्छ।

     - पुष्पलाल पुन मगर

कुनै कुरा मिल्यो भने विश्वास लाग्छ। 

     - जनक खड्का

२५ प्रतिशत विश्वास लाग्छ, ७५ प्रतिशत वाहियात लाग्छ। 

     - विनायक मगर पुन

७५ प्रतिशत सही लाग्छ। 

     - दुर्गा मगर

आफू दोधारमा परेका बेलाचाहिँ राशिफलले भनेको कुरा होला जस्तो लाग्छ। होइन भने विश्वास लाग्दैन। 

     - दिलेन्द्र मगर

मलाइ केही मात्रामा विश्वास लाग्छ। पत्रपत्रिकाहरूमा पनि हेर्छु, तर पूर्ण रूपमा विश्वास चाहिँ लाग्दैन। 

     - सुरेश राई

म त विश्वास गर्दिनँ। आफ्नो भाग्यमा जे छ त्यही हुन्छ। राशिफलमा हुने कुराले केही फरक पार्दैन। 

     - झापाली सुमन गुरुङ

संसारमा अर्बाैं मानिस छन्। राशिचाहिँ जम्मा १२ वटा हुन्छन्। अब कसरी त्यो राशिफल मेरै लागि हो भन्नु? मलाई त विश्वास लाग्दैन। 

     - प्रकाश वाग्ले

मलाई त त्यति विश्वास लाग्दैन। किनभने राशिफलमा लेखेका कुरा अहिले सम्म मेरो जीवनमा मेल खाएको छैन।

     - पुरन रुचाल मगर

खासै लाग्दैन। किनभने राशिफल सबैलाई समेट्ने गरी लेखिएको हुन्छ। कसैको मिल्छ, कसैको मिल्दैन। 

     - एड सान

मलाई विश्वास लाग्दैन। किनभने जुन दिन धन आर्जनको योग हुन्छ, त्यो दिन तास खेल्न गयो भने हारिन्छ मात्र, अनि कसरी विश्वास गर्नु ?

     - याम मगर

अलिअलि विश्वास लाग्छ। 

     - सुनि लामा

विश्वास गर्न गार्‍है पर्छ। नभए ज्योतिषसँग हाम्रो देशको भविष्यको के हुन्छ भनेर सोधौं न। 

     - सफल पाण्डे

ज्योतिषले चार वटी श्रीमती हुन्छन् भनेका छन्। हेरौं कति सत्य हुन्छ ?

     - प्रदीप खड्का

जन्मिएको मिति, जन्मिएको ठाउँ, जन्मिएको समय स्पष्ट छ भने मिल्छ। छैन भने मिल्दैन। 

     - काजिमान थापा

के गर्नु विश्वास गर्नैपर्‍यो। 

     - निर्मला बस्नेत

विश्वास लाग्छ। नानीदेखि लागेको बानी नहेरी त मनै मान्दैन।

     - किशोर पाठक

यो प्रश्न त तपाईंलाई भूतमा विश्वास लाग्छ ? भने जस्तै पो लाग्यो। 

     - सुदन जिसी

लाग्छ।

     - रेखा कटुवाल, रवि खड्का

हल्का लाग्छ।

     - प्रदीप भट्टराई

पाँच प्रतिशत मात्र लाग्छ। 

     - वीरेन्द्रराज काफ्ले

धेरै विश्वास लाग्छ।

     - श्याम नेवार

यो परापूर्वकालदेखि चल्दै आएको रित हो जबसम्म म नेपाली हुन्छु तब सम्म विश्वास गर्नु परेन र ?

     - राम थापा

पत्रिका पढ्दा सुरुमै मेरो ध्यान राशिफलमा पुग्छ। 

     - दिनेश न्यौपाने

१९ प्रतिशत विश्वास लाग्छ। किनभने मेरो राशिफलमा भनिएका प्रायः सबै कुरा मिल्छ। 

     - सन्देश ताम्राकार

खासै विश्वास लाग्दैन तर दिनहँु हेर्छु। एक महिनाको पत्रिका जम्मा गरेर हेर्छु, कम्तीमा ६, ७ दिनको राशि दोहोरिन्छ। हुन त १२ वटा राशि हुन्छ, त्यो हेर्ने करोडौं हुन्छन्। कसै-कसैको मिल्छ, कसै-कसैको मिल्दैन। यो एउटा संयोग मात्र हो।

     - महानन्द

राशिमा विश्वास गरियो भने त दास पो भइन्छ। 

     - पोशन थुलुङ राई

म राशिफलमा विश्वास गर्छु, तर त्योभन्दा बढी कर्ममा विश्वास गर्छु। 

     - किरन महत

राम्रो भए विश्वास गरिन्छ। नराम्रो भए फाल्तू कुरा भनेर गर्दिनँ।

     - नबिन थापा

साप्ताहिक पल्टाउँदा सुरुमै राशिफलमा नजर जान्छ। अलिअलि विश्वास लाग्छ। 

     - नवीन राई

साभार : साप्ताहिक 


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis