CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » श्रीमान् यौनसम्पर्क गर्दा साडी लगाउनु हुन्छ

श्रीमान् यौनसम्पर्क गर्दा साडी लगाउनु हुन्छ

मेरा श्रीमान् यौनसम्पर्क गर्दा सधैं मेरो साडी लगाउनु हुन्छ। सुरु-सुरुमा मलाई निकै अनौठो लाग्थ्यो र झगडा हुन्थ्यो। जब म प्रश्न गर्थें तब उहाँ रोमान्टिक विचारजस्तो लाग्छ भन्ने प्रतिक्रिया दिनुहुन्थ्यो। उहाँको मप्रतिको अन्य व्यवहार सन्तोषजनक छ। त्यसैले हिजोआज झगडा गर्दिनँ तर पनि यस्तो व्यवहार आखिर के हो भन्नेचाहिँ लागिरहन्छ। यो कस्तो समस्या हो ? 


बी.



यो दुर्लभ समस्या तपाईंको श्रीमान्मा मात्र देखिएको होइन। यस विषयमा विभिन्न अध्ययन-अनुसन्धान पनि भएका छन्, जसले यकिन तथ्य पत्ता लगाउन नसके पनि लगभग १ करोड पुरुषमा १ लाख पुरुषले क्रस ड्रेसिङ गर्ने पाइएको छ। यस्तो व्यवहारलाई ट्रान्सभेसटिजम वा क्रसड्रेसिङ भनिन्छ। ट्रान्सभेसटिजम भन्नाले विपरीत लिंगको पहिरन लगाएर यौनसन्तुष्टि लिनु हो। म्यागनस हिरस्फिल्डले यो प्रवृत्तिलाई नयाँ शब्द दिएका हुन्। हिजोआज यही शब्दलाई ट्रान्सजेन्डर नामले पनि चिनिन्छ। अचेल यसलाई अटोजिनेफेलिया पनि भनिन्छ। हिरस्फिल्डका अनुसार यो शब्दले तेस्रो लिंगी, फेटिजम व्यवहार एवं विपरीत लिंगीको लुगा लगाउनेहरूलाई चिनाउँछ। विश्वमा लगभग २५ हजार महिलाले ट्रान्सभेसटिजसँग विवाह गरेका हुन्छन्, तर उनीहरूलाई त्यसको जानकारी हुँदैन र सँगै जीवन बिताइरहेका हुन्छन्। 

अध्ययनहरूले देखाएअनुसार मानिसहरू लुगामा मात्र होइन, अन्य कुरामा पनि आकषिर्त हुन्छ। बि्रटेनमा गरिएको एक अध्ययनमा १ हजार १४ जना ट्रान्सभेसटिजले दिएको तथ्यअनुसार उनीहरूमध्ये एकतिहाइले लगातार महिलाले लगाउने भित्री लुगा मात्र लगाउँदै आएका छन्। आधाभन्दा कमले आफूलाई जस्तो लुगा लगाउन मन लागेको हो त्यसरी नै लगाएर बाहिर जाने गरेका छन्। कतिपयले सोच्छन्— महिलाले पुरुषको लुगा लगाउन सक्छन् तर पुरुषले किन लगाउन सक्दैनन् ? केही पुरुषले उनीहरूका श्रीमतीले हप्ताको १ घण्टाका लागि मात्र भए पनि महिलाको लुगा लगाउन दिने बताएका छन्। ट्रान्सभेसटिजहरू विपरीत पहिरन लगाउन मन पराउने भए पनि विपरीत लिंगीप्रति नै यौन आकषिर्त भएको पाइएको छ। 

चर्चित मनोदार्शनिक सिग्मन्ड फ्रायडले यस्तो व्यवहार लामो समयदेखिको डरका कारणले उत्पन्न हुन सक्ने बताएका छन्। पुराना मनोविद्हरूका अनुसार बाल्यावस्थामा कुनै आघात्जन्य घटना भएका कारणले पनि यस्तो हुनसक्छ। कतिपय मनोविद्ले यस्तो व्यवहारलाई सामान्य भनेका छन्। कुनै पनि वस्तुको प्रयोग अनि उक्त वस्तुलाई हेरेर यौन उत्तेजित हुनु स्वाभाविक भए पनि यदि यस्तो व्यवहारले आफ्नो पार्टनरमाथि दबाब महसुस हुन्छ, हिंसा हुन थाल्छ भने त्यो चाहिँ स्वाभाविक होइन। यदि तपाईंको श्रीमान्को व्यवहारले तपाईंहरूमा अप्ठ्यारो स्थिति सिर्जना गरेको छ भने यस विषयमा उहाँलाई पनि सम्झाउन आवश्यक हुन्छ। तपाईंको श्रीमान्मा देखिएको व्यवहार समस्या हो कि होइन भन्ने कुरा उहाँले पनि प्रस्टसँग बुझ्नु आवश्यक हुन्छ। तपाईंहरूबीच यौनइच्छामा मात्र भिन्नता नरही सामाजिक समस्या सुरु हुनसक्छ र अन्ततोतत्वा आफंैलाई हानी हुन थाल्छ। अहिले यसका लागि  विभिन्न किसिमका उपचार पद्धति अपनाउन सकिन्छ। मनोविद्को सहयोगमा साइकोथेरापी, कगनेटिभ विहेभिएर थेरापी आदिले यसमा सहयोग गर्न सक्छ, जसमा विगतमा भएको भावनात्मक समस्यामा भन्दा पनि अहिले देखिएको समस्यामा केन्दि्रत रहेर उपचार गरिन्छ। यसका लागि औषधी-उपचार पनि गराउन सकिन्छ, जसका लागि मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ। 
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis