CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मृत मान्छे बिउँझिएपछि

मृत मान्छे बिउँझिएपछि

yesto paniनयाँदिल्ली/ प्रहरीले जसलाई मृत सम्झेर पोस्टमार्टमका लागि पठाएको थियो, ती व्यक्ति तीन दिनपछि बिउँझिए । भारतको उत्तर प्रदेशको अलिगढ जिल्लामा यो घटना भएको हो ।
उत्तर प्रदेशका प्रहरीले ती व्यक्तिलाई बाटोमा बेहोस अवस्थामा भेटेको थियो । रगतमा लतपतिएको २५–३० वर्षका व्यक्ति देखेपछि प्रहरीले उनलाई अस्पताल पुर्‍यायो । अज्ञात व्यक्ति भएकाले अस्पतालले उनलाई ‘लावारिस वार्ड’ मा राख्यो ।

त्यहाँबाट उनलाई तत्कालै शवगृहमा लगियो । मृत घोषित व्यक्तिलाई मात्रै अस्पतालले शवगृहमा राख्छ । तर, अस्पतालले शवगृहमा पठाएका ती व्यक्तिबारे मुचुल्का उठाउन प्रहरी पुग्दा अचम्म भयो । शवगृहमा उनलाई जहाँ राखिएको थियो, उनी त्यहाँ थिएनन् । उनलाई राखिएको स्थानभन्दा केही पर पुगेपछि अचम्ममा परेका प्रहरीले पानी मगाए ।
ती व्यक्ति बिउँझिएपछि उक्त अस्पतालका चिकित्सक आत्तिएका छन् । प्रहरीले चिकित्सकको लापरबाहीमा यो घटना घटेको बताएको छ । ती व्यक्ति को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ती व्यक्तिलाई २८ अगस्टमा प्रहरीले अस्पताल पुर्‍याएको थियो ।
३१ अगस्टमा प्रहरी अस्पताल पुग्दा ती व्यक्ति बिउँझिएको भेटियो । मृत व्यक्ति बिउँझिएपछिको यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
साभार : नया पत्रिका 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis