CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ठुला नेपाली नेताको हत्या सम्भावना : बिमान अपहरण हुन सक्ने : - भारत

ठुला नेपाली नेताको हत्या सम्भावना : बिमान अपहरण हुन सक्ने : - भारत

भारतले दियो लिखित सूचना, दूतावासका अधिकृत अपहृत हुनसक्ने, विमान अपहरणको खतरा

काठमाडौं : भारत सरकारले आतंककारीद्वारा नेपालका महत्त्वपूर्ण नेताको हत्या हुनसक्ने सूचना नेपाल सरकारलाई दिएको छ। काठमाडौंस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरूको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरूको पनि अपहरण हुनसक्ने कुरा उल्लेख छ। १८ दिनअघि अर्थात् २४ सेप्टेम्बर, २०१४ मा एक गोप्य तथा औपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरू तथा भारतीय कूटनीतिक अधिकृतहरूको सुरक्षासँग सम्बन्धित अति
संवेदनशील सूचना दिएको हो।

भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ। परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने कुरा भने खुलाइएको छैन तर अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरू अलकायदा र इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको सम्म्भावना रहेको उल्लेख गरिएको छ। सूचनामा अत्यन्तै सुरक्षा खतरा भएका नेता कोको हुन् भन्ने उल्लेख नगरी केवल 'प्रोमिनेन्ट नेपाली पोलिटिसियन्स' भन्‍ने वाक्यांश प्रयोग गरिएको छ ।

सो सूचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरासमेत उल्लेख भएर आएकाले थप सुरक्षा संवेदनशीलता बढाइएको सुरक्षा स्रोतले बताएको छ। सूचनामा इन्डियन मुजाहिद्दिन र अलकायदाका सदस्यहरूले काठमाडौं विमानस्थलबाट नेपाली वा भारतीय विमान अपहरण गर्ने योजना बनाइरहेको उल्लेख गरिएको छ ।

परराष्ट्र स्रोतले भन्यो, 'नेपालमा ठूला नेता र भारतीय दूतावासका अधिकृतहरूलाई अपहरण गर्ने योजनासहितको खतरनाक गिरोह सक्रिय रहेकोबारे लिखित र मौखिक जानकारी आएको छ र यसबारे प्रहरी तथा सुरक्षा निकायलाई पनि जानकारी गराइसकिएको छ।' स्रोतले दूतावासबाट आएको सो पत्र नेपाल प्रहरीका महनिरीक्षक उपेन्द्रकान्त आर्याललाई समेत बोधार्थ दिइएको बतायो।

सूचनामा आतंकवादीहरूले विशालु ग्यासको प्रयोगद्वारा सर्वसाधारण जनताको समेत अपहरण हुन सक्ने कुरा उल्लेख छ। सार्क सम्मेलनको तयारी तीव्र भइरहेका बेला भारतबाटै त्यस्ता आपराधिक गिरोहको नेपाल प्रवेश भएको जानकारी आएको हो।

नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरु अलकायदा र इन्डियन मुजाहिद्दिनका सदस्यहरू क्रियाशील हुन थालेको सूचना कुनै हल्लाका रूपमा मात्र आएको हो कि वास्तविक हो भन्नेबारे सुरक्षा निकायहरूले छलफल थालेका छन्। सुरक्षा स्रोतका अनुसार औपचारिक पत्रै लेखेर यस्तो सूचना आएपछि संवेदनशील हुनुपर्ने तर्फ सबैको ध्यानाकर्षण भएको छ।

भारतले राजधानी र वरिपरिका केही स्थानहरु तोकेरै तिनमा आतंककारीहरू बसेको हुनसक्ने सूचना पनि दिएको छ। साथै काठमाडौं र बाहिरका आफ्ना विभिन्न कूटनीतिक कार्यालय तथा अधिकृतहरूको निवासमा समेत सुरक्षा गस्ती बढाई सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ।
- साभार : अन्नपुर्ण पोस्ट

Share this article :

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis