CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हनुमानले पैसाको वर्षा गरेपछि…

हनुमानले पैसाको वर्षा गरेपछि…

hanumanबाँदरले के को वर्षा गर्ला ? रुखमा चढेको बाँदरले हल्लाएरै भएपनि रुखका पात, फल वा आफ्नै मल र जलको वर्षा गर्ल बढिमा । तर एउटा बाँदरले भने पैसाको वर्षा गरेको छ । भारतको सिमलास्थित एक मन्दिर परिसरमा बाँदरले १ सय भारुका नोटको वर्षा गरेको हो ।
सिमलाको कामना देवी इलाकामा त्यसबेला मानिसहरुको खुसीको सीमा रहेन जब एक बाँदरले १ सय रुपैयाँका नोटको वर्षा गर्न लाग्यो । वास्तवमा यो बाँदर कुनै लक्ष्मी भगवान थिएन, जसले पैसाको वर्षा गरोस्

विचरा त्यो अवोध जनावरले खानेकुरा सम्झी कतैबाट १ सय भारुको एक गड्डी उठाएर ल्याएछ । त्यो पोको खोलेर हेर्दा केहीपनि खाने वस्तु नभेटेपछि नोटहरु एक एक गर्दै थुत्दै फ्याक्दै गर्दा तल रहेका मानिसहरुलाई हनुमानले पैसाको वर्षा गरेझैँ लाग्यो ।
केही नोट फ्याँकेपछि उक्त बाँदर बाँकी नोटको पोको लिएर जंगलतर्फ लाग्यो र मानिसहरु हेरेको हेर्यै भए । मानिसहरु जमिनमा बाँदरले फ्याँकेका नोट टिप्न झुम्मिए ।
वास्तवमा त्यो बाँदरले स्थानीय एक निर्माणाधीन भवनमा विनोद नामका ठेकेदारले झोलामा राखेको पैसाको पोको चोरेर ल्याएको रहेछ । ती ठेकेदारले कामदारलाई ज्याला दिन भन्दै १० हजार भारु झोलामा राखेका रहेछन् । त्यो सबै बाँदरले उठाएर लगेपछि उनी निकै चिन्तामा परे । तर बाँदरले वर्षा गरेका नोट टिप्नेलाई भने मज्जै भयो ।
साभार : अनलाईन खबर 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis