CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » राजेश हमाल जोक्स कलेक्सन - अशोज

राजेश हमाल जोक्स कलेक्सन - अशोज

यस पटकको दसैंमा राजेश दाइले गर्नुभएको ठूला-ठूला काम :
दाइले एक आना जग्गामा जमरा राख्नुभा'को छ ।

४५ हजार रुपैयाँ पर्ने १ सय ५० किलोको खसी आफ्नै हातले काट्दै हुनुहुन्छ ।

खसीको रक्ति थाप्न हिल्टेकको ५ सय लिटरको ट्यांकी ल्याइने भएको छ ।


खसीको भुत्लाले कुन्यू बनाउने विचार गर्नुभएको छ ।

टीका बनाउन मात्र ५० किलो बासमती चामल किन्नुभएको छ ।

दक्षिणा दिन राष्ट्र बैंकबाट २५ लाख रुपैयाँ साटेर ल्याउनुभएको छ ।

०००

राजेश दाइले जिन्दगीमा जम्मा दुई पटक मात्र दीपावली मनाएका छन्, ती दुई दीपावलीलाई मानिसहरूले प्रथम विश्वयुद्ध तथा द्वितीय विश्वयुद्धका रूपमा चिनेका छन् ।

०००

जसरी अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ, 

जसरी एम्बुसमा परेको पुलिस च्युइगम पड्काउँदा तर्सिन्छ,

त्यसरी नै राजेश दाइले एकपल्ट पिटेको मान्छे फलाम देख्दा तर्सिन्छ ।

०००

दसैं आउन लागेकाले राजेश दाइ केही नगरी बसिरहेका थिए, यत्तिकैमा उनको घरमा फोन आयो । टि्रन टि्रन ...।

युवती : हेल्लो डियर

राजेश : ओह डियर स्वीटी भन

युवती : कहाँ छौं यार, तिमी ? बिहानदेखि अत्तोपत्तो छैन तिम्रो ।

राजेश : अरे म त तिम्रै आँखामा हराएको छु ।

युवती : अहिले के गर्दैछौं ?

राजेश : तिम्रै तस्बिर हेर्दैछु, अरू कतै मनै लाग्दैन ।

युवती : मैले त तिमीलाई आफ्नो तस्बिर नै दिएकी छैन ।

राजेश : अरे मेरो हृदयमा छापिएको छ, तिम्रो तस्बिर त वर्षौंदेखि । 

युवती : वर्षौंदेखि ? तर तिमीसँग भेट भएको त १ सातामात्र भा'छ होइन ?

राजेश : तिमीबिना एक पल पनि वर्षौं समान छ, पिंकी ।

युवती : यो पिंकी भनेको को हो ? म त दिव्या हुँ । 

राजेश : देख्यौ तिमीसँग कुरा गर्दा म सबै कुरा बिर्सिन्छु । 

युवती : तिमी प्रशान्त नै हो नि ?

राजेश : घरमा त राजेश भन्छन् तर उनीहरू गलत हुनसक्छन्, तिमी होइन ।

युवती : ९८४१... यो तिम्रै नम्बर हो नि होइन ?

राजेश : हुन त होइन, तर अबदेखि हो । 

(त्यसैले मानिसहरू राजेश दाइलाई फ्लर्टोलोजीको प्रोफेसर भन्छन् ।)

०००

एकपटक रजनीकान्तले राजेश हमालसँग सोधेछन् : राजेश दादा ह्वाट इज द स्पिड अफ टाइम ?

राजेश दाइले नसोची तत्कालै उत्तर दिए : वान सेकेन्ड पर सेकेन्ड

०००

एकदिन एउटा किसानले आफ्नो धानबारीमा राजेश दाइको बुख्याचा बनाएर राखेछ, अनि थाहा छ के भयो ?

भोलिपल्टदेखि सबै चराले पहिले-पहिले लगेको धान पनि फिर्ता ल्याइदिएछन् ।

(यो वास्तविक घटना हो)

०००

राजेश हमालले लामखट्टेबाट सर्ने रोगको रोकथामका लागि रेशमको बलियो झुल बुनेर उक्त झुलले सम्पूर्ण विश्वलाई ढाकिदिने बताउनुभएको छ । आजको मुख्य समाचार यति नै हो ।

०००

एक दिन राजेश दाइको घनिष्ठ मित्रको मानसिक सन्तुलन बिगि्रएछ, र उसलाई मानसिक अस्पतालमा भर्ना गरिएछ । साथीलाई भेट्न राजेश दाइ अस्पताल जानुभएछ । 

दाइलाई देखेर उसले सोधेछ : बाबु तिमी को हौं ?

राजेश दाइ : लौ तिमीले मलाई बिर्सिएको ? म राजेश हमाल के त, तिम्रो बच्चादेखिको साथी ।

उनको कुरा सुनेर त्यो मानसिक सन्तुलन बिगि्रएको साथी मरी-मरी हाँसेछ र भनेछ : सुरु-सुरुमा यहाँ आउँदा म पनि रजनीकान्त थिए, दुइ चार दिन बस, ठीक हुन्छ ।

०००

रजनीकान्त : एउटा प्रश्न सोधूँ ?

राजेश दाइ : सोधिसकिस् ।

रजनीकान्त : अर्को सोधूँ ?

राजेश दाइ : भर्खरै सोधिस् ।

रजनीकान्त : जम्मा चारवटा प्रश्न सोधूँ ?

राजेश दाइ : के रे ? फेरि भन् ।

रजनीकान्त : मैले भनेको जम्मा ४ वटा प्रश्न सोधूँ ?

राजेश दाइ : त्यो पनि भर्खरै सोधिसकिस्, अरू केही छ सोध्नु ?

रजनीकान्त : (दिक्क हुँदै) छैन दाइ ।

०००

गायक डम्बर नेपाली आफ्नो एउटा गीत गाउँदै थिए । 'आज आकाशमा एउटा तारा देखिनँ....'

राजेश हमालले उक्त गीत सुनेको पाँच मिनेटपश्चात् डम्बरसँग भने ।

डम्बर भाइ हिजो पनि यो आकाशमा ९५ ८० ४७ ३६ ३६ ७५ ८८ ७० ६४ ३६ ०५ ६४ ३२ २५ ८७० वटा तारा थिए र आज पनि ९५ ८० ४७ ३६ ३६ ७५ ८८ ७० ६४ ३६ ०५ ६४ ३२ २५ ८७ ० वटै तारा छन्, तिमीले कुन चाहिँ ताराको कुरा गरेको ?

(डम्बर बेहोस्, अहिले उनलाई आईसीयूमा राखिएको छ ।)

०००

रजनी : मेरो यो जिन्सलाई २ हजार ५ सय रुपैयाँ पर्‍यो, यो सर्टलाई २ हजार रुपैयाँ पर्‍यो, यो जुत्तालाई ५ हजार रुपैयाँ हालें । 

राजेश हमाल : चुप लाग, पहिले पाइन्टको फस्नर बन्द गर, २५ रुपैयाँ जाने फुलबुट्टे पेन्टी देखिएको छ । 

०००

राजेश हमाल र रजनीकान्त फलास खेल्दै थिए । 

राजेश दाइ (अचम्मित) : ३ वटा एक्का परेको छ । 

तर राजेशले रजनीकान्तलाई जित्न सकेनन्, किन थाहा छ ? 

रजनीकान्तलाई ३ वटा राजेश हमाल परेको रहेछ । 

०००

एकपटक राजेश हमाल, अल्बर्ट आइन्सटाइन र थोमस अल्वा एडिसनबीच १० तला माथिबाट हामफाल्ने प्रतियोगिता भएछ, पहिले थोमस पासा आयो तर ऊ डराएर भाग्यो । अल्बर्ट आयो उसले पनि थोमस झैं टिएपी टाप हान्यो । अब आयो पालो राजेश दाइको (ब्याकग्राउन्ड म्युजिक बजाउन लगाए दाइले, हेइइइइइ) राजेश दाइले जम्प हान्नुभयो । (एकैपटक अस्पतालको बेडमा) 

पत्रकार : तपाईंले त्यत्रो १० तले भवनबाट कसरी हाम फाल्नुभयो ?

राजेश दाइ : पहिले यो भन् कि मलाई पछाडिबाट कसले धकेल्यो ?

०००

राजेश दाइ : यो बाख्रो कति रुपैयाँको हो ?

बाख्रा मालिक : ३८ हजार रुपैयाँको दाइ

(राजेश दाइ हैरान हुँदै)

आम्मामा यो टचस्क्रीनवाला हो कि क्या हो ?

०००

राजेश दाइले दसैंको समय पारेर लेखेका केही कविता :

गरिबको घरमा खसी लिएर आऊ दसैं 

संविधान लेख्न मसी लिएर आऊ दसैं

कत्ति भयो होला चाडपर्व नमानेको पनि

परदेशीको मनमा पसी लिएर आऊ दसैं

छेक्ला, थुन्ला प्रवासले नेपाली पौरखीलाई

दुई चार रात बसी लिएर आऊ दसैं

न लेखे संविधान यी नामर्दले यसपालि

पाता फर्काई बाँध्ने डोरी लिएर आऊ दसैं । 

०००

राजेश दाइका केही उखान :

राजेश दाइको गोरुको सिंग नभए पनि त्यसलाई तिखे नै भनिन्छ ।

आँगन टेढो होस्, बांगो होस्, उल्टो होस् वा हुँदै नहोस् राजेश दाइलाई नाच्न आउँछ । 

राजेश दाइ रातभरि कराउनुभयो भने दक्षिणामात्र होइन, हामी सबै हराउँछौं । 

हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात, राजेश दाइले रोपेको बिरुवाको पात, हाँगा, जरा, माटो सबै चिल्लो । 

राजेश हमालबाहेक जो चोर उसको ठूलो स्वर ।

०००

राजेश दाइको अर्को सिर्जना

दसैं उपहार कार्यक्रम 

यता उपहार उता उपहार

जताततै उपहारै उपहार 

डोको किन्दा नाम्लो उपहार

खसी किन्दा दाम्लो उपहार

शाकाहारीलाई मासु उपहार

बिहे गरे सासू उपहार

क्रिम किने लाली उपहार

दिदी भगाए साली उपहार

फुटबल खेल्दा गोल उपहार

ट्वाकेन्द्रलाई झोल उपहार

श्रीमतीका लागि माला उपहार

चुम्बन गर्न गाला उपहार ।

०००

राजेश दाइ भन्छन् : पानी खोज्दा बियर भेटियोस्, धारो खोल्दा वाइन बगोस्, कुखुरा खाँदा साँप्रो परोस्, खसीको मासु खाँदा ह्याकुलो आओस्, सबैलाई दसैंको शुभकामना ।

०००

दसैंको मुखमा मुख्य समाचार

भारतबाट नेपाल आइरहेको यात्रुबाहक बस र साइकल ठोक्किँदा बसमा भएका सबै जनाको मृत्यु भएको छ । साइकल चालक राजेश हमाल चाहिँ फरार छन् ।

०००

केही रोचक कुरा :

राजेश दाइ हत्केलाले सूर्य छेक्न सक्नुहुन्छ ।

ताल परे पनि राजेश दाइ हमाल नपरे पनि हमाल ।

राजेश दाइ नयाँ किताब पढ्छन् अनि कोट पनि नयाँ नै लगाउँछन् ।

राजेश दाइ रोम गए पनि आफ्नै स्टाइल फलो गर्छन् ।

राजेश दाइ होइनन् चोर, तर पनि उनकै छ सबैभन्दा ठूलो स्वर ।

राजेश दाइले एउटा कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखेर सोझो बनाउनु'भो ।

राजेश दाइका लागि बाँदरको पुच्छर लौरो पनि हो, हतियार पनि हो ।

राजेश दाइको काम जतातिर, कुम्लो बोकी निर्देशक पनि त्यतैतिर ।

०००

राजेश हमाल : केश काटेको कति रुपैयाँ हो भाइ ?

हजाम : ६० रुपैयाँ हो हजुर ।

राजेश : अनि सेभ गरेको नि ?

हजाम : त्यो त जम्मा २० रुपैयाँ हो हजुर

राजेश : ल त्यसो भए मेरो टाउको सेभ गर्देऊ ।


०००
एकपटक राजेश दाइले एक जनालाई साँढेलाई पिटेर आइज भनेर पठाएछन्, त्यो मान्छे आजसम्म फर्किएको छैन र त्यसलाई अहिले 'पिटबुल' भनेर चिन्न थालिएको छ ।
Share this article :

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis