CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वैध बाटो, अवैध काम

वैध बाटो, अवैध काम

  • दैनिक एक सय किलो सुन भारत गइरहेको अनुमान

एक दशकदेखि सुन तस्करीमा लागेका आकाशकुमार बज्राचार्य र बालकृष्ण अग्रवालको गिरोह समातिएपछि महानगरीय प्रहरी अपराध महाशाखाले २५ फागुनमा पत्रकार सम्मेलन गरेर सुन  तस्करीको सञ्जाल पहिलोपटक भत्काएको दाबी गर्‍यो ।


लगानीकर्ता, लगानीकर्ताका सहयोगी, मध्यस्थकर्ता र भरिया गरी चार तहको तस्करी जन्जाल सार्वजनिक गरिएको भोलिपल्टै चीनबाट कन्डमले बेरेर मलद्वारभित्र लुकाएर ल्याइरहेको अवस्थामा  थप चार किलो सुन बरामद भयो, भक्तपुरको सल्लाघारीमा । 


लगातारका यी दुई घटनाले आफ्नो एक्लो सक्रियताले मात्रै सुनको अवैध धन्दा नरोकिने भन्दै प्रहरीसमेत झस्किएको छ । "यो धेरै ठूलो काम गर्‍यौँ भनेर प्रहरीले फुर्ती लाउने विषय होइन,"  महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक -एसएसपी) पुष्कर कार्की भन्छन्, "तर, राज्य संयन्त्रले चाह्यो भने जस्तोसुकै संगठित अपराध र आपराधिक गिरोह उम्किँदैन भन्ने सन्देशचाहिँ दिएको  छ ।"

अवैध सुन र कारोबारमा संलग्न प्रभावशाली मानिएको गिरोह नै प्रहरी पन्जामा परेपछि समेत सुन तस्करीले निरन्तरता पाइरहनुले राज्य संयन्त्रमा थुप्रै छिद्र रहेको देखाउँछ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारका लागि विदेशिएकालाई उपयोग गरेर अवैध कारोबारीले हवाई मार्गबाट सुन काठमाडौँ ल्याउँछन् । जस्तो ः मलेसियाबाट फर्किएका कामदारले त्रिभुवन  विमानस्थलमा ओर्लिएपछि दिएको सुन लिने सोलुखुम्बुका उमेश गुरुङलाई प्रहरीले विमानस्थलबाट पिछा गर्दै गत असोजमा ३५ तोला सुनसहित महाराजगन्जबाट नियन्त्रणमा लिएको थियो ।

विदेशबाट आउनेले ५० ग्राम सुन भन्सार छुटमा ल्याउन पाउँछन् । यही कानुनी लचकतालाई कारोबारीले तस्करीको माध्यम बनाइरहेका छन् । एसएसपी कार्कीका अनुसार खास गरी मले सिया र खाडी मुलुकमा वैदेशिक रोजगारमा गएका श्रमिकलाई उपयोग गरी कारोबारीले दैनिक पाँचदेखि १० किलो सुन सजिलै भित्र्याउन सक्छन् । यस हिसाबमा कम्तीमा पनि तीनवटा  समूहले हवाई मार्गबाट दैनिक ३० किलो सुन काठमाडौँ भित्र्याउँछन् ।

यसरी भित्रिएको सुनको सबै कागजपत्रसमेत हुन्छ । केही बढी परिमाण देखिए भन्सारले सहजै छुट दिन्छ । विमानस्थल सुरक्षा गार्ड प्रमुखसमेत रहिसकेका पूर्वप्रहरी नायब महानिरीक्षक - डीआईजी) यादव अधिकारी भन्छन्, "श्रमिकले तीन-चार हजार दिएपछि नेपाली दाजुभाइलाई सहयोग गरौँ भन्ने हिसाबले ल्याइदिन्छन् ।"

नेपाल भित्रिएको सुनको मुख्य बजार भारत नै हो । नेपाल प्रहरीको अनुमानमा दैनिक एक सय किलोभन्दा बढी सुन अवैध बाटोबाट भारतीय बजारमा पुग्छ । भन्सार छलेर ल्याउने सुनबाट  प्रतिकिलो ५ लाख २० हजार रुपियाँ चोखो मुनाफा हुन्छ । भारतीय बजारमा खपत हुने सुनबाट आएको भारतीय रुपियाँ -भारु)मा समेत नेपालका कारोबारीहरूले नाफा कमाउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार नेपाल-भारत व्यापारको आयात-निर्यात अनुपात १ः८ छ । तर, नेपाल राष्ट्र बैंकले भारु कारोबारको सीमा तो किदिएकाले भारुको अभाव छ । जुन माग यस्तै अवैध कारोबारबाट पूर्ति हुन्छ । अवैध सुनबाट आएको भारु नेपालका व्यवसायीलाई बढी मूल्यमा बेच्छन् ।

नेपालभित्र समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्तिहरूको आयआर्जनको स्रोतबारे खोजबिन गरिरहेकाले नगदलाई सुनमा रूपान्तरण गरेर  राख्ने चलन बढेको एक प्रहरी अधिकारी बताउँछन् । लुकाउन सजिलो तथा कालान्तरसम्म पनि नबिग्रने हुँदा सम्पत्ति लुकाउन सुनको प्रयोग नेपाली बजारमा बढेको उनको ठोकुवा छ ।

हुन्डी कारोबारसमेत राम्रै फस्टाउँछ, सुन तस्करीमा । प्रहरीका अनुसार पक्राउ परेका सुन तस्करीका लगानीकर्ता बालकृष्ण अग्रवालका साझेदार पवन सरैया अहिले अवैध सुन कारोबारमा  हुन्डीको जिम्मेवारी लिएर सक्रिय छन् ।

दुबई, कतार, मलेसिया, मकाउ, दक्षिण कोरियालगायतका देशबाट भित्रिने रेमिट्यान्स हुन्डीमार्फत कारोबार हुने प्रहरीको भनाइ छ । तुलनात्मक रूपमा कामदारले बढी कमाउने दक्षिण को रियाबाट अपेक्षितभन्दा ज्यादै कम रकम मात्रै बैंकिङ प्रक्रियाबाट स्वदेश भित्रिने गरेको भन्दै नेपाल राष्ट्र बैंकले समेत अनुसन्धान गरिरहेको छ ।

नेपालमा अवैध सुन भित्रिने चल्तीको स्थल मार्ग चीन-नेपालको सीमा नाका खासा हो । नाकामा भन्सार कार्यालय, सशस्त्र प्रहरी, अध्यागमन विभाग र नेपाल प्रहरीलगायतका सरकारी  निकायको उपस्थिति भए पनि उच्च पदस्थ कर्मचारीलाई समेत प्रभावमा पारेर सुन तस्करी हुने गरेको छ । सुन तस्करीमा मुछिएकाले घटनामा केही बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको नाम समेत पोल्नुले पनि सुनमा कसिलो सेटिङ हुने गरेको देखाउँछ । शाक्य भन्छन्, "धेरै नाफा हुने भएपछि राज्यका प्रभावशाली संयन्त्र र समाजका प्रतिष्ठित व्यक्तिहरूको  समेत संलग्नता हुनु अनौठो होइन । पैसा देख्दा महादेवका त्रिनेत्र बल्छन् भने मानिसको के कुरा !"

साभार : ईकान्तिपुर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis