CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » गर्मीमा के खाने ?

गर्मीमा के खाने ?

foodsगर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ । पानी मात्रै पिएर भन्दा पनि शरिरमा अन्य खाद्यपदार्थको सेवनबाट पानीको पूर्ति गर्नु बुद्धिमानी हुने फिटनेस एक्सपर्ट र न्यट्रिशनिष्ट नीरज मेहताको सुझाव छ । गर्मीमा प्रशस्त पानी पिउनु त राम्रो नै हो तर ठोस खाद्यपदार्थले एकातर्फ
शरिरमा पोषणको मात्रा पु¥याउँछ भने आश्चर्यचकित रुपमा पानीको मात्रालाई पनि सन्तुलित बनाईराख्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन्  त  ? १. सलाद साग सलाद सागमा ९५ प्रतिशत पानी पाइन्छ । यसमा प्रोटीनको उपयुक्त मात्रा पाइनुका साथै शून्य घृतांश र थोरै मात्र क्यालोरी हुन्छ । ओमेगा थ्री फ्याट्टी एशिड, उच्च फाइबर, आइरन र क्याल्शियम पनि पाइने हुनाले सलाद सागको पोषण मूल्य उच्च छ । यसमा पाइने पर्याप्त पानीले हाम्रो शरिरलाई हाइड्रेट त गराईहाल्छ नै । २.ब्रोकोली एन्टी इन्फ्लेमेन्टोरी गुणका कारण गर्मीमा हुने एलर्जीहरुबाट ब्रोकोलीले त बचाउँछ नै साथै यसमा ८९ प्रतिशत पानी पाईने हुनाले यसले शरिरलाई पर्याप्त पानी पनि उपलव्ध गराउँछ । ३. भात मोटोपना र मधुमेहबाट ग्रसित व्यक्तिका लागि भात खासै राम्रो नमानिए पनि आइरन, कार्बोहाइड्रेट र अन्य तत्वका लागि भात सर्वआहार हुन सक्छ । पाकेको भातमा ७० प्रतिशत पानी पाइने हुनाले शरिरमा भएको पानीको कमीलाई पूर्ति गर्न भातले अवश्य मद्दत गर्छ । ४. स्याउ स्याउको बारेमा एउटा प्रचलित भनाई छ, “स्याउ खाउ, डाक्टर भगाऊ ।” फाइबर, भिटामिन सी र शरिरलाई अन्य आवश्यक तत्वका लागि स्याउ अत्यन्तै राम्रो श्रोत हो भने यसमा पाइने ८६ प्रतिशत पानीले यसलाई गर्मीको लागि उचित आहार मान्न सकिन्छ । ५.दही ८५ प्रतिशत पानीको मात्रा बोक्ने दही गर्मीको लागि उत्तम रोजाई हुन सक्छ । दहीमा शरिरलाई आवश्यक पर्ने प्रो बायोटिक जस्ता सुक्ष्म जीवहरु पाइन्छ जसले स्वास्थ्यमा सकारात्मक असर त पार्छ नै साथै गर्मीमा हुने एलर्जीसंग लड्न मद्धत गर्दछ । दही प्रोटीन, भिटामिन डी र क्याल्शियमको पनि राम्रो श्रोत हो ।
साभार : रातो पाटी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis