CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यौनसम्पर्कको समयमा यसरी धेरै झगडा हुन्छ

यौनसम्पर्कको समयमा यसरी धेरै झगडा हुन्छ

हिजोआज मेरो श्रीमान्सँग यौनसम्पर्कको समयमा धेरै झगडा हुन्छ । कारण मलाई यौनसम्पर्कका क्रममा पीडा हुन्छ । मलाई यौनरोग भएकाले अत्यन्तै पीडा महसुस भएको हो । धेरै पटक उपचार गराउँदा पनि रोग बल्झिरहन्छ । उहाँ भने यसैलाई आधार बनाएर परपुरुषसँग सम्पर्क छ कि भन्ने शंका गर्नुहुन्छ । के यौनरोग भएकाहरूले यौनको चरम आनन्द लिन सक्दैनन् ? यो समस्याको कुनै समाधान छ कि ? 


    ब.



यौनरोग धेरैजसो पुरुषबाट महिलामा संक्रमित भए पनि महिलाहरू नै यस्ता रोगबाट बढी प्रताडित हुने गरेका छन । यौनरोगका लक्षण पुरुषमा भन्दा महिलामा चाँडै देखिने भएकाले कोबाट यो पहिले संक्रमित भएको हो भन्नेमा पुरुष र महिलाबीच विवाद हुने गरेको छ । यस्ता घटनामा पुरुषले महिलामाथि दोषारोपण गरेको हामी पाउँछौं, जुन सही होइन । फेरि यौनरोगको उपचार गर्ने कुरामा पनि पुरुषहरू पन्छिएको पाइन्छ । 

यो पुरुषबाट महिलामा संक्रमित भएको हुन सक्छ र महिलामा छिटो देखिएको हुन सक्छ, तर सँगसँगै पुरुषमा पनि संक्रमण भैसकेको हुन्छ तर थाहा नभएको हुन सक्छ । यस्तो अवस्थामा दुवै जनाले यौन रोगको उपचार गराउनुपर्ने हुन्छ । एक जनाको मात्र उपचारले यौनरोग कहिल्यै निको हुँदैन । यो एकबाट अर्कोमा सरिरहन्छ । 

यौनसम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगहरूको सिकार हुन्छन् । यौन चेतनाको कमी तथा कहिलेकाहीं यसमा सावधानी नअपनाउँदा धेरै मानिस यौनजन्य रोगको सिकार भएका घटना हामी दिन–प्रतिदिन सुनिरहेका हुन्छौं । यौनरोगहरू पहिले साधारणजस्तो लागे पनि पछि तिनीहरूले विकराल रूप लिएर मानिसको ज्यानसमेत लिएको तथ्यहरूले देखाएका छन् । यसका भावनात्मक एवं मनोवैज्ञानिक असर पनि हुन्छन् ।

    जहाँसम्म यौनरोग भएको मानिसले यौन आनन्द लिने कुरा छ, शारीरिक तथा मनोवैज्ञानिक हिसाबले नै उनीहरूले यौन आनन्द लिन सक्दैनन् । जुनसुकै किसिमको यौनरोगले मानिसलाई पीडा दिन्छ । यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिलचिलाउने भएकाले मानसिक तथा भावनात्मक रूपले हैरानीको अवस्थामा पुगिन्छ । 

पीडाको यस्तो अवस्थामा हुने सम्पर्कले कसरी आनन्द प्रदान गर्न सक्छ ? अर्को कुरा, आफूलाई यौनरोग लागेको छ भन्ने थाहा भैसकेपछि यौनसम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हीनताबोध र ग्लानि महसुस भैरहेको हुन्छ । त्यसैले यो भावनात्मक तथा मनोवैज्ञानिक समस्या पनि हो । 

मानिसलाई यस्ता रोगले मूलत: दुई किसिमबाट असर गर्छ । यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन नै समाप्त पार्ने खतरा एकातिर हुन्छ भने अर्कातिर लामो समय उपचार नगरिँदा मनमा आउने नकारात्मक सोचले तत्कालको मनस्थिति बिगारिदिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्याको रूप धारण गर्न पुग्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै गरिखान नसक्ने अवस्थामा पुग्छ । 

समयमै यौनरोगको उपचार गरिहाल्नुपर्छ भन्नुको कारण पनि यही हो । तपाईंको सन्दर्भमा भन्नुपर्दा बारम्बार उपचारपछि पनि ठीक नभएको हो भने तपाईंहरू दुवै जनाले चिकित्सकको सल्लाह लिई छिटोभन्दा छिटो उपचार गराउनुपर्छ अन्यथा एक–अर्काबीचको दोषारोपणले तपाईंहरूबीच तनाव बढ्दै जान्छ र आपसी सम्बन्ध नै जटिल स्थितिमा पुग्न सक्छ ।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis