CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » दार्शनिक गुन्डा

दार्शनिक गुन्डा


कुनै समय राजधानीको चर्चित ‘दादा’ समूहहरूसँग नजिक रहेर काम गरेका पूर्वगुन्डा उमेश गुरुङसँग भेट भयो, ३१ जेठमा। दोलखा, खारेका उमेशकै संगतले यस्तो संसारमा पसेका हुन्, चर्चित रानीबारी हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा परेका मनराज गुरुङ। नाताले उनका सहोदर भाइ।

मनाङे, चक्रे मिलन, काभ्रेली, कुमार घैँटे, राजु गोर्खालीजस्ता अपराध र असुलीको दुनियाँमा जमेका समूहहरूका लडाकू उमेश ‘सर’, ‘हजुर’जस्ता आदरार्थी शब्द बडो नम्र भाषामा प्रयोग गर्छन्। उनको वर्गीकरणमा तीन किसिमका गुन्डा छन्, उमेरजन्य गुन्डा, पेसेवर गुन्डा र अत्याचारले जन्माएका गुन्डा। आफूलाई भने उनले उमेरजन्य कोटीमा राखेका छन्।


दुई घन्टाको भेटमा उनले आफू आपराधिक पृष्ठभूमिका अन्य व्यक्तिभन्दा फरक भएको दलिल बारम्बार पेस गरिरहे। एक पत्र छाला उप्किएको हत्केला देखाउँदै आफूले जन्मगाउँमा भूकम्पपीडितका एक दर्जन घर बनाइदिएको प्रमाण पनि पेस गरे। आफ्नै पहलमा खारेदेखि च्छोरोल्पा ताल पुगेर फर्कने पर्यटकीय पदमार्ग ६ किलोमिटर निर्माण भइसकेको दाबी गर्दै आफू ठूलो समाजसेवी भइसकेको देखाए।

राकेश लिम्बूको हत्या गरेको घटनामा आठ वर्ष जेल सजाय भोगेका गुरुङले जेललाई पाठशाला ठानेछन्। त्यहाँ थुप्रै पुस्तक पढेपछि अब सुध्रनुपर्छ र यस्ता गतिविधिमा लागेकालाई समेत सुधार्नुपर्छ भन्ने भाव आयो रे ! जेलबाट निस्किएपछि कानुनबाट भाग्नु र गलत धन्दाबाट पैसा कमाउनु मात्रै जीवन होइन भनेर प्रवचनसमेत दिई हिँडेछन्।

कुरा सुन्दा लाग्यो, उमेश साँच्चै बदलिएछन्। उनका हरेक शब्दमा जीवन दर्शनका गहन कुरा लुकेका छन्। कुरा सुन्दा उनी यस्ता धन्दामा कसरी लागे होलान् भनेर सोच्न बाध्य बनायो। कुराकानीकै क्रममा रानीबारी हत्याको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरकारले नगद पुरस्कार दिएर मनोबल उच्च बनाइदिएको कुरा चुहियो।

अघिसम्म शान्त उमेशको अनुहारमा आवेशका तरंग दौडन थालिहाले। के गरुँ र कसो गरुँ भयो उनलाई। अनुहारमा पसिना छुट्लाजस्तो देखियो। उनले टेबुलमा मुड्की बजार्न खोजे। जीवनका शाश्वत सत्य र दर्शनका बारे ढुक्कले गफिरहेका उनी छुट्टिन हतार गर्न थाले। लाग्यो, गुन्डाहरूको रगत उम्लिएपछि जीवन दर्शन र सत्विचार सारा फिक्का हुने रहेछन् र नै त समाज रहुन्जेल अपराध पनि अस्तित्वमा रहिरहने रहेछ।

साभार : नेपाल 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis