CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » भाउ बढ्यो दीपिकाको

भाउ बढ्यो दीपिकाको

कंगना रणावत, दीपिका पादुकोण तथा प्रियंका चोपडा आफनो बुताको भरमा बक्स अफिसमा सफल चलचित्र दिइरहेका छन । यद्यपि पुरुष कलाकारको तुलनामा उनीहरूको पारिश्रमिक धेरै कम छ । त्यसैले हरेक सफल चलचित्रपश्चात उनीहरू थोरै–थोरै गरेर आफनो पारिश्रमिक बढाइरहेका छन । कंगनापछि अहिले पारिश्रमिक बढाउने काममा दीपिका लागेकी छिन । हाल प्रतिचलचित्र ७ करोड भारतीय रुपैयाँसम्म लिइरहेकी दीपिकाले अबको चलचित्रमा डेढ करोड भारतीय रुपैयाँ बढाउने बताइन्छ । अभिनेत्रीहरूको कम पारिश्रमिकका सम्बन्धमा दीपिकाले भनेकी छिन– ‘अहिलेका लागि यो बृहत विषय
हो तर हामीले सही दिशामा कदम बढाएका छौं, अहिले मलाई जुन प्रकारका चलचित्र वा भूमिका आइरहेका छन्, त्यो हेर्दा हामी सही बाटोमा छौं भन्ने लाग्छ ।’ सूत्रका अनुसार सफल चलचित्र पिकुपश्चात केही निर्देशकले दीपिकालाई तिम्रो पर्फमेन्स हेरिसकेपछि विशेष भूमिका अर्थात केन्द्रीय पात्रका रूपमा स्क्रिप्ट लेख्न चाहन्छौं भनेका छन । चलचित्र निर्माताहरू पनि अबका दिनमा दीपिकाको पारिश्रमिक बढनुपर्ने कुरा स्विकार गर्छन ।
साभार : साप्ताहिक 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis