CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » फेसबुकका ‘शेरे’ को वास्तविकता यस्तो ?

फेसबुकका ‘शेरे’ को वास्तविकता यस्तो ?

Yao Ming faceआजकल फेसबुकमा चुटि्कला तथा जोकहरुका प्रसस्तै पेजहरु देख्न पाइन्छ । पेट मिचिमिची हँसाउने ती पेजमा प्रायः एकजना पात्र कहिल्यै छुट्दैन, त्यो हो शेरे । शेरे नामको पात्रको रुपमा जोक तथा चुटि्कलाहरुमा साँच्चीकै पेट दबाएरै हाँसको एउटा स्केच देखिन्छ । त्यो पात्र यति मज्जाले हाँसेको छ की अनुहारमा मनग्गे चाउरी परेका छन् र आँखा लुप्त नै हुनेगरी चिम्सिएका छन् । भलै फेसबुक पेजको जोक खासै हँसाउने किन नहोस् शेरेको
त्यो अनुहारले भने मज्जाले हँसाउँछ ।
आखिर त्यो हँसाउने स्केचवाला पात्रको त्यो चित्र कसले बनायो होला ? त्यो साँच्चीकै मानिसको चित्र होला वा कसैकेा कल्पनाको खेति होला ? फेसबुकमा शेरेका जोक पढेर हाँस्ने हामी धेरैले यसमा खासै मतलब पनि गर्दैनौँ र जान्न चाहेपनि यसको उत्तर तत्कालै पाउन कठीन नै थियो । तर अन्ततः यो हँसिलो पात्रको पहिचान खुलेको छ अर्थात् फेसबुकमा जोकर बनिरहेको यो अनुहारको रहस्योद्घाटन भएको छ ।
नेपालमा मात्र होइन विश्वभर नै फेसबुकमा जोकर पात्रको रुपमा प्रयोग भएको यो चित्र वास्तवमा एक जना खेलाडिको वास्तविक तस्वीरको स्केच हो । यी हँसिला पात्र हुन् चिनिया बास्केटबल खेलाडि याओ मिङ ।
सन् २००९ मा एक पत्रकार सम्मेलनका क्रममा उनले हाँसको त्यो उन्मुक्त हाँसो यति लोकपि्रय बन्यो की अहिले ६ वर्षपछि सम्म पनि त्यो हाँसोको चित्र भाइरल बनिरहेको छ ।
कसरी बन्यो यो चित्र ?
सन् २००९ को मे महिनामा भएको बास्केटबल प्रतियोगिता पछाडि आयोजित पत्रकार सम्मेलनमा याओ र उनका साथी खेलाडि रोन आर्टेस्ट सहभागी थिए । रोन हँसिमजाक गर्दै बोलिरहेका थिए र याङ मुसुमुसु हाँसिरहेका थिए । तर रोनको कुरा यतिधेरै हाँसोलाग्दो भएछ की याओ टाउको माथि फैलाउँदै अट्टहास गर्न बाध्य भए । वास्तवमा उनको हाँसो निकै टिपिकल थियो । अझ भनौँ टिपिकल एसियाली हाँसो ।
याओको त्यो हाँसो सम्मिलित ३० सेकेण्डको भिडियो नै वास्तवमा कलाकारका लागि काफी थियो । एकजना कलाकारले त्यो भिडियोमा याओकेा हाँसोको सबैभन्दा चरम रुपलाई क्याप्चर गरे । साँच्चीकै अरुलाई हाँसो उठाउने खालको मुखाकृति बनेको थियो याओको ।
Yao1
अन्ततः एकजना कलाकारले ‘डाउनलो’ को छद्म नामबाट याओको त्यो उन्मुक्त हाँसोको अवस्थाको तस्वीरबाट तयार पारेको स्केचलाई सोसल साइट रेडिटमा अपलोड गरे, सन् २०१० को जुलाई ११ मा । त्यो स्केच चित्र पत्रकार सम्मेलनमा मज्जाले हाँसेका याओको भिडियोको स्क्रिनसट भएको कुराको पनि उनले खुलासा गरे ।
भाइरल बन्यो
रेडिटमा अपलोड भएसँगै याओको त्यो स्केच एकाएक चर्चित बन्यो । सामान्य प्रयोगकर्ता देखि लिएर कलाकारहरुले उनको त्यो स्केचलाई विभिन्न नाम दिए । कतिले उक्त स्केचलाई आफ्नै ढंगले मोडिफाइ समेत गरेर झनै हाँसोउठ्दो पनि बनाउन भ्याए । त्यसपछि उनको त्यो अनुहार फेसबुक, टम्बलर, फन्नीजोक, मेमबेस जस्ता सोसल साइटमा पनि भाइरल बन्दै गयो । विभिन्न खाले जोक तथा चुटि्कलाका पेजहरुमा याओको त्यो मुखाकृति अभिन्न अंग बन्न थाल्यो र थप हँसाउने मसला बन्दै गएको छ । यतिमात्र होइन याओको त्यो स्केचको महिला संस्करण समेत तयार पारेर सोसल साइटमा अपलोड गर्न थालिएको छ ।
याओ मिङको जिवनी
सन् १९८० को सेप्टेम्बर १२ मा चीनको सांघाइमा जन्मिएका पूर्व चिनिया व्यवसायिक बास्केटबल खेलाडि याओ मिङ अमेरिकी बास्केटबल टिम हस्टन रकेट्सबाट समेत व्यवसायिक बास्केटबल खेले । आफ्नो करिअरको अन्त्यतिर उनी अमेरिकामा व्यवसायिक बास्केटबल खेल्नेमध्येका सबैभन्दा अग्ला खेलाडि समेत थिए । उनको उचाइ ७ फिट ६ इन्च थियो ।
Yao3
खुट्टामा पटक पटकको चोटबाट पिरोलिएपछि याओले सन् २०११ मा बास्केटबलबाट सन्यासको घोषणा गरे । उनको नाममा एक दी इयर अफ याओ नामक डकुमेन्ट्री फिल्म समेत बनेको छ । त्यसका साथै उनको बायोग्राफी याओ ः अ लाइफ इन टु वर्ल्डस् पनि प्रकाशित छ ।
दाह्री नखौरिने घोषणा
याओेको मुखाकृति मात्र हँसिलो होइन, उनले कहिलेकाहीँ केही अनोठा फण्डा पनि गर्दा रहेछन् । सन् २००४ को एथेन्स ओलम्पिकका बेला पनि उनले यस्तै फण्डा गरे । ओलम्पिकमा चिनिया झण्डा बोकेका उनले आफ्नो टोली क्वाटरफाइनल सम्म नपुगेमा अढाइ वर्षसम्म आफुले दाह्री नखौरिने घोषणा गरे । अन्ततः चिनिया बास्केटबल टिम उक्त ओलम्पिक खेलको क्वाटरफाइनलमा पुग्यो र उनले दाह्री नखौरिइकन बस्नु परेन ।
याओले चीनलाई तिनपटक सम्म एसियाली बास्केटबल च्याम्पियनसीको उपाधि मात्र दिलाएनन् सन् २००६ मा विश्व बास्केटबल च्याम्पियनसीपकेा उपाधि पनि जिते । सन् २००८ मा चीनमै भएको ओलम्पिक प्रतियोगितामा चोटका बाबजुत पनि सहभागिता जनाएका याओले आफ्नो देशको टीमलाई क्वाटरफाइनल सम्म पूराए ।
Yao2
याओ एक दानी करोडपति पनि हुन् । उनले सन् २००८ को सिचुआन भुकम्पको राहत र उद्धार कार्यमा २० लाख डलर सहयोग गरेका थिए भने भुकम्पले भत्काएका स्कुल पुनर्निर्माणका लागि एक फाउण्डेसनको स्थापना गरेका थिए ।
हात्ती र गैँडामा मन
सक्रिय खेलाडी जिवनबाट सन्यास लिएसँगै याओ अहिले वन्यजन्तु संरक्षणमा जुटेका छन् । उनी हात्ती संरक्षण दुत पनि हुन् । उनले उत्तरी सेतो गैडाँको संरक्षणको विषयमा एक डकुमेन्ट्री समेत तयार पारेका छन् । अफ्रिकन वाइल्डलाइफ फाउण्डेसन तथा वाइल्डएड संस्थासँगको सहकार्यमा संचालित गैँडा तथा हात्ती संरक्षण सम्बन्धि ‘से नो’ अभियानका लागि पनि उनले विभिन्न काम गर्दै आएका छन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis