CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » फिल्ममा सफल तर प्रेममा असफल केही जोडी

फिल्ममा सफल तर प्रेममा असफल केही जोडी

2014_09_22_07_40_13_mahesh-bhatt4
महेश भट्ट र परवीन बाँबी

फिल्म निमार्ता महेश भट्ट र परवीन बाँबीको प्रेमलाई लिएर अझै पनि बलिउडमा चर्चा हुने गरेको छ । जतिबेला परवीन आफ्नो अभिनय यात्रामा सफल हुदैँ थिइन् त्यति नै बेला उनको महेश भट्टसँग प्रेम बस्यो । १९७७ सम्म आइपुग्दा दुबैको प्रेम उत्सर्गमा थियो । महेश त्यतिबेलै विवाहित थिए भने परवीनको आफ्ना प्रेमीसँग ब्रेकअप भएको थियो । उनीहरु लिभइन रिलेसनमा समेत समेत । तर परवीनको खराब स्वास्थका कारण उनीहरुको प्रेम टिक्न सकेन । मानसिक रोगको शिकार भएकी परवीनलाई उपचार गराउन महेशले अमेरिकासम्म लगेका थिए । तर जतिगर्दा पनि परवीनको स्वास्थ ठीक नभएपछि महेश पुरानै पत्नीसँग फर्किए । त्यसपछि महेशमाथि परवीनलाई स्टारडमका लागि प्रयोग गरेको आरोप लाग्दै आएको छ ।
ऐश्वर्या राय र सलमान खान
aishwarya-rai-and-salman-khan-love-hd-wallpapers
फिल्म हम दिल दे चुके सनम ऐश्वर्या र सलमान अभिनित एकमात्रै चलचित्र हो । यस जोडीलाई लिएर बलिउडमा निकै चर्चा भएको थियो । तर अहिले दुबैको बोलचाल समेत छैन् । सलमान खान बढी नै भावूक भएपछि उनीहरु दुईबीचको सम्बन्ध बिग्रदै गएको धेरैले बताएका छन् । ऐश्वर्याले नै सलमानलाई छाडेकी थिइन् ।


अमिताभ बच्चन र रेखा
rekha-big-b-ls_1442733657
फिल्म इन्डस्टीको सबैभन्दा असफल प्रेम जोडीका रुपमा रेखा र अमिताभलाई लिइन्छ । दुबै स्टार कलाकार फ्यानहरु समेत यो जोडीलाई एकसाथ देख्न खुसी हुने गरेका थिए । चलचित्र दो अनजानेमा एकसाथ अभिनय गरेपछि दुईजना नजिक भएका थिए । तर अमिताभले रेखासँगको प्रेमलाई अस्विकार गर्दै आएका छन् । दुबैबीच प्रेम चलिरहँदा केही समयपछि अमिताभले विहे गरेका थिए । त्यसपछि उनीहरु दुबैले कहिल्यै एकसाथ चलचित्र समेत खेलेनन् ।



नरगिस र राज कपूर
raj-kapoor-and-nargis_jpg
नरगिस र राज कपूरको प्रेम कहानीले पनि बलिउडमा निकै चर्चा पाएको थियो । तर यस सम्बन्धको दुखद अन्त्य भयो । नरगिससँग प्रेममा फस्नुअघि नै राज कपूर विवाहित थिए । उनी न आफ्नी पत्नीलाई छाड्न सक्थे न त नरगिसलाई नै । राज कपूरको यही दोधारे व्यवहारपछि नरगिस टाढा भइन् । उनले आत्महत्या गर्ने मनस्थिती समेत बनाएकी थिइन् । तर त्यति नै बेला सुनिल दत्तसँग नरगिस प्रेममा फसिन् र विवाह गरिन् ।





दिलिपकुमार र मधुवाला
dilip-madhubala-ls_144273
दुबैले आफ्नो प्रेमलाई कहिल्यै लुकाएनन् । चलचित्र इन्सानियतको प्रिमियरका दौरान उनीहरु निकै नजिक थिए । उनीहरु सम्बन्ध राम्रै थियो तर पनि विवाहमा परिणत हुन सकेन । दिलिपकुमारले उमेरमा आफूभन्दा २२ वर्ष कान्छी अभिनेत्री सायरा बानोसँग विवाह गरे ।








देव आनन्द र सुरैया
dev-anand-suraiya-ls_1442
सुरैया आफ्नो करियरको उत्सर्गमा रहेका बेला देव आनन्दसँग उनको प्रेम परेको थियो । तर उनीहरुको सम्बन्ध अगाडी बढ्न सकेन । सुरैयाको परिवारले दुबै फरक धर्मको भएको कारण देखाउँदै सम्बन्ध अस्विकार गर्यो । सुरैयाका लागि सबै छाड्न तयार भएका देवआनन्द घरपरिवारका कारण सुरैया सम्बन्धबाट पछि हटेपछि निकै विक्षिप्त भएका थिए ।






अक्षयकुमार र रविना टन्डन
akshay-kumar-raveena-ls_1
दुईबीचको सम्बन्धबारे सबैलाई थाहा थियो । ९० को दशकमा रवीना बलिउडकी स्टार अभिनेत्री थिइन् । उनी चलचित्र मोहरापछि अक्षयसँग नजिक भएकी थिइन् । रविना यस सम्बन्धलाई लिएर गम्भीर भएपनि अक्षय गम्भिर हुन सकेनन् । अक्षयको धेरै युवतीसँगको निकटता देखेपछि अन्तत रविनाले सम्बन्ध आगाडी नबढाउनुमै भलो देखिन् ।






सञ्जय दत्त र माधूरी दक्षित
madhuri-ls_1442733655
माधूरी दिक्षितले बलिउडमा कसैलाई मन पराइन् भने ति पात्र सञ्जय दत्त मात्रै थिए । चलचित्र साजन सुटिंग हुदैँ गर्दा दुबैजना एकअर्कासँग नजिक थिए । त्यतिबेला नै सञ्जयले विवाह गरिसकेका थिए । माधूरीका पिता सञ्जयलाई मन पराउँदैन थिएँ । चलचित्र खलनायक रिलिज हुनअघि नै सञ्जय जेल गए र माधूरीले त्यसपछि उनीसँग दूरी बढाउँदै गइन् । त्यसपछि यो जोडीले कुनै पनि चलचित्रमा एकसाथ अभिनय गरेन ।




मिथुन चक्रावर्ती र श्रीदेवी
mithun-shree-devi-ls_1442मिथुन र श्रीदेवी पनि एकअर्कालाई प्रेम गर्दथे । तर उनीहरुले सार्वजनिक रुपमा स्विकार गरेनन् । चलचित्र जाग उठा इन्सानको सुटिंगका दौरान दुबै एकअर्कासँग नजिक थिए । त्यतिबेलासम्म मिथुनले विहे गररिसकेका थिएन । मिथुन र श्रीदेवीले गोप्य रुपमा विहे गरेको हल्ला पनि बलिउडमा चलेको थियो । तर मिथुनले सबैका सामू यस सत्यलाई स्विकार गरेनन् । यस सत्यलाई थाहा पाएपछि मिथुनकी श्रीमती योगिता बालीले आत्महत्याको प्रयास गरिन् । त्यसपछि मिथुन श्रीदेवीलाई छाडेर आफ्नै पत्निसँग फर्किए । त्यसको केही समयपछि श्रीदेवीले बोनी कपूरसँग बिहे गरिन् ।
रिना राय र शत्रूधन सिन्हा
satru-reena-roy-ls_144273
बलिउडमा जतिबेला रिना रायको करियर उत्कर्समा थियो, उनी त्यतिबेला शत्रूधन सिन्हासँगको प्रेममा थिइन् । कामको शिलशिलामा रिना लण्डन गएपछि दुईबीचको सम्बन्ध सकियो । रिना लण्डनमै रहेका बेला शत्रूधनले पुनमसँग विहे गरेका थिए । लण्डनबाट फर्किएपछि रिनाले शत्रूधनसँग बिहेको कारण मागेकी थिइन् । विवाह गरेको लामो समयसम्म पनि शत्रूधनले रिनालाई भेट्ने गरेका थिए । तर पछि उनीहरुको सम्बन्ध टुंगियो ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis