काठमाडौ, भदौ १४ (नागरिक)-अभिनेत्री सञ्चिता लुइटेल आइसियुमा भर्ना गरिएको छ। मंगलबार दिउँसो उच्च रक्तश्राव भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
गत भदौ ४ मा उनले छोरीलाई जन्म दिएकी थिइन्। उनी भदौ ८ मा नर्भिकबाट डिस्चार्ज भएकी थिइन्। 'दिउँसो एक्कासी उच्च रक्तश्राव भएपछि डा. ज्योति अग्रवालको क्लिनिकमा लग्यौँ। उहाँकै सुझावमा तत्काल आइसियुमा लग्यौं,' सञ्चिताकी बहिनी सिवानी लुइटेलले भनिन्।
मंगलबार बेलुका अस्पताल भर्ना गरिएकी सञ्चितालाई बुधबार साँझमात्र आइसियुबाट निकालिएको छ। 'स्वास्थ्यमा केही सुधार आएपछि आज साँझ साधारण वार्डमा राखिएको छ,'उनले भनिन्। ९ दिनकी छोरीको अवस्था सामान्य रहेको छ।
पति अभिनेता निखिल उप्रेती बुधबार दिउँसो काठमाडौं आइपुगेका छन्। उनी कामको सिलसिलामा मुम्बईमा थिए। 'औषधी चलाइरहेको हुँदा हिजोको तुलनामा स्वास्थ्यमा केही सुधार भएको छ। तत्काल डिस्चार्ज हुने अवस्था छैन,'उनले भनिन्।

स्रोत : नागरिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !