काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने त झन् १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ।
पख्नुस्, पख्नुस्। धेरै उत्साहित भइनहाल्नुस्। यो बाटो बनिसकेको छैन। यो माथिको फोटो त अहिले भृकुटी मण्डपमा भइरहेको मनी एक्सपोमा सुरुङकै झल्को दिने गरी राखिएको विशाल फ्लेक्स पो हो त। ध्यान दिएर हेर्नुस् त, त्यो पहाडमा भएका धर्काहरु !
तर यो सुरुङ मार्ग बन्ने प्रक्रियामा भने रहेको छ। यसलाई नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले बनाउन लागेको हो। यो कम्पनीमा कम्पनीमा १७ गाविस, ८६ स्थानीय र ७६ उद्योगी व्यवसायीहरू संस्थापक शेयर सदस्य छन्।
कम्पनीले सन् २०१६ सम्ममा यो मार्ग बनाइसक्ने लक्ष्य राखेको छ। अनि यसको लागत चाहिँ २० अर्ब रुपियाँ लाग्ने अनुमान छ। १० वर्षभित्र लगानी उठ्ने कम्पनीको अनुमान छ। यो बन्यो भने सार्वजनिक निजी साझेदारीअनुसार देशकै स्रोत साधन प्रयोग गरेर बनेको यो पहिलो राष्ट्रिय गौरवको योजना हुनेछ। यसअघि बनेका हेटौडा पुग्न बनेका त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, पूर्व पश्चिम राजमार्ग विदेशी सहयोगमा बनेका हुन्।
५० किलोमिटर लामो सडकमा तीन किलोमिटरमात्र सुरुङ मार्ग पर्छ। सिस्नेरी-भीमभेदीको बीचमा सुरुङ बन्नेछ। सुरुङ मार्ग छिचोल्न बढीमा २ मिनेट लाग्नेछ। अहिले सिस्नेरी-भिमफेदको दुरी पार गर्न १६ किलोमिटर छिचोल्नुपर्छ। सुरुङ बनाउन ९ अर्ब लाग्ने अनुमान छ। बाँकी रकम चाहिँ सडक विस्तार र निर्माण, मर्मतमा खर्च हुनेछ।
सरकार र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच जेठ १ गते सुरुङ मार्गसहितको सडक निर्माणको विस्तृत अध्ययन र सडक निर्माण गर्नेसम्बन्धी सम्झौता भएको थियो । छ महिनाभित्रमा विस्तृत परियोजना प्रस्ताव तयार पार्ने र चार वर्षभित्रमा सडक निर्माण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
कसरी बन्छ सुरुङ मार्ग ?
सुभाषचन्द्र ठकुरी, सदस्य सचिव, नेपाल पूर्वाधार विकास कम्पनीसरकारले अनुमति प्रदान गरेको ६ महीनाभित्र डीपीआर तयार हुने छ । विगतमा विदेशी सहयोगबाट राजधानी जोड्ने दुईओटा राष्ट्रिय राजमार्ग बनेका छन् । यसमा १ सय ३३ किमी दूरीको काठमाडां हेटौंडा जोड्ने त्रिभुवनराजपथ तथा काठमाडौंदेखि मुग्लङ–नारायणगढ हुदै हेटौंडा जोडने २ सय २७ किमीको पृथ्वीराजमार्ग छन् । यी दुईबाहेक काठमाडौंलाई तराईसँग जोड्ने कुनै वैकल्पिक मार्ग थिएन । हेटौंडा मुलुक को मध्य भाग हो । जहाँबाट देशको पूर्वी तथा पश्चिमी क्षेत्रतर्फ आवतजावतका साथै वीरगञ्ज भई छिमेकी मुलुक भारतसम्म पुग्न सहज हुन्छ ।
काठमाडौं देखि सम्मको सीधा दूरी जम्मा ३७ किमी मात्र छ । अत्यन्तै साँघुरो र थुपै्र घुम्ती भएको त्रिभुवन राजपथ वा पृथ्वीराजमार्गमात्र राजधानी आवागमनको मार्ग भएकाले प्रत्येक यात्रुले ७–८ घण्टाको पट्यारलाग्दो र जोखिमपूर्ण यात्रा गनुर्पर्ने बाध्यता छ । यसरी यात्रुबाहक र ढुवानीका साधनहरूबाट अर्बा रुपयौँ तिरेर विदेश बाट खरीद गरी ल्याएको इन्धन धुवाँमा परिणत भइरहेको छ । ढुवानी भाडा महँगो परेका कारण सामानको मूल्य पनि महँगो हुने गरेको छ । यी विविध समस्याको हल गर्ने उद्देश्यले विगतमा मकवानपुर तथा अन्य क्षेत्रका जानकार, जागरुक तथा सरोकारवालाहरूसगँ काठमाडांै हेटांैडा सुरुङ मार्ग निर्माणका लागि छलफल भएपछि यो मार्ग सर्वाधिक चर्चाको विषय बन्न पुग्यो । सरकार आफ्नै वा विदेशी सहयोग जुटाई उक्त मार्ग निर्माण गरिदिए हुन्थ्यो भनेर पटक– पटक जिल्ला परिषदब्ट निणर्य गरी माग गर्न गरिन्थ्यो । भौतिक योजना तथा निर्माण मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा प्रधानमन्त्री समक्ष सरोकारवालाहरूबाट आग्रह–अनुरोध पनि पटक– पटक गरिएको थियो । सरकारले आफै आफ्नो लगानीमा निर्माण गर्न नसकिरहेको र विदेशी सहयोग पनि जुटाउन नसकेकाले सरोकारवाला पक्षहरु चिन्तित थिए । अझ काठमाडौं तराई दु्रत मार्ग निमाणको घोषणा र थालनीले यो योजना नै ओझेलमा परेको थियो ।नया परिकल्पनामा
यसबारे स्थानीयस्तरबाट नयाँ परिकल्पना अगाडि आएको छ । जुन परिकल्पनाले देश विकासमा प्रत्येक नागरिकहरुको सामाजिक दायित्व हुन्छ भन्ने भावनाको विकास गरेको छ । त्यसलाई पूरा गर्न सक्ने हो भने सर्वाधिक चर्चामा रहेको हेटौंडा–काठमाडौं सुरुङमार्ग सञ्चालन हुन सक्छ । यही सोचले सो मार्गका जग्गा धनीहरू, गाविस, नगरपालिका, जिविस, उपभोक्ता र सर्वसाधारण नागरिक, नेपालका निर्माण व्यवसायी, उद्योगी– व्यवसायीका साथै सङ्घ–संस्था र गैरआवासीय नेपालीहरूहेटौंडा कुलेखानी काठमाडौं सुरुङ मार्ग निर्माणका लागि जुटिरहेका छन् । लगानी र उच्च प्राविधिक सहयोग मात्र अन्य मुलुकको लिई नागरिक लगानीमा यस्ता आयोजना निर्माण गर्न सके राज्यलाई सहयोग पुग्ने र विदेशीको मुख पनि ताक्नु पर्ने भन्ने सोच को विकासले पनि यो आयोजना सफल बनाउन सहयोग पुग्ने देखिन्छ ।कसरी आयो नया सोच ?
मकवानपरु जिल्लाको कुलेखानी हुदै हेटौंडालगायत तराइको विभिन्न सदरमुकामबाट साना सवारी साधन २ सय २७ किमीको सट्टा जम्मा ७५–७७ किमीको यात्रामा राजधानी प्रवेश गरेका छन् । मकवानपुर –कुलेखानी भएर काठमाडांै प्रवेश गर्न स्थानीयस्तरबाट आप्नै श्रम आप्नै जग्गा, लगानी र पहलबाट करीब २० वर्ष लगाएर चारओटा सडक निर्माण भएका छन् । उक्त चार सडकमध्ये केहीमा मात्र स्थानीय निकायको लगानी छ, अन्य सडक सरकारी लगानीविना स्थानीय उपभोक्ता वा गाउँले जनताबाटै निर्माण भएका छन् । ती मार्गहरूमा दक्षिणकाली–छमैले सिस्नेरी भएर कुलेखानी जोड्ने मदन भण्डारी मार्ग, फर्पिङ टल्कु हुमाने फाखेल भएर कुलेखानी जोड्ने कुलेखानी फाखेल फर्पिङ सडक, मातातीर्थ चेखेल भएर कुलेखानी जोडने सडक र थानकोट चित्लाङ भएर कुलेखानी जोडने गणेशमान मार्ग छन् । त्यत्तिका वर्ष लगाएर स्थानीय जनताले २६ किमी सडक निर्माण गर्न सक्छन् भने सबै नेपाली मिलरे लगानी गर्ने हो भने भीमफदेी कुलेखानीको तीन किमी सुरुङ निर्माणगरी हेटौंडा–कुलेखानी काठमाडौं चारओटा सुरुङमार्ग निर्माण गर्न किन नसक्ने ? भन्ने सोच नै उक्त सुरुङमार्गको नयाँ परिकल्पना हो ।कस्तो हुन्छ त सुरुङसहितको यो मार्ग ?
यो योजनाको प्रमुख कार्य काठमाडौंबाट चारैओटा सडक कुलेखानीमा मिलेपछि कुलेखानीदेखि भीमफेदीसम्मको अत्यन्तै असजिलो साँघुरो उकालोओरालो १६ किमीको पिरामिड डाँडो (चिसापानी गडी)मा सुरुङ निर्माण गरेर ३ किमी सुरुङमा सीमित गर्ने हो । सुरुङ निर्माणपछि जनस्तरबाट बनेका चारओटा सडकको स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु दोस्रो कार्य हो । त्यस्तै, भीमफेदीदेखि हेटौंडासम्मको २१ किमी सडकलाई सीधा मार्गमा परिणत गर्नु तेस्रो कार्य हो । कुलेखानीदेखि सिस्नेरी दोभानसम्मको १२ किमी दूरीको सोझो जनस्तरबाट बनेको सडकलाई विस्तार गर्ने र सिस्नेरी दोभानदेखि काठमाडौंसम्मको १२ किमी दूरीको सडकलाई निर्माण गरी जम्मा ३ किमी सुरुङसहित ५० किमीको छोटो काठमाडौं– कुलेखानी सुरुङमार्ग सञ्चालन गर्ने यसको चौथो लक्ष्य हो ।यसरी २ सय २७ किमीलाई घटाएर जनस्तरबाट वनेका सडकहरूको प्रचुर उपयोग गर्नेगरी जम्मा ५० किमीको सडक निर्माण गर्दा राष्ट्र र जनतालाई फाइदा पुग्ने देखिन्छ । जनस्तरबाट वनेका सडकहरूको उपयोग हुने, काठमाडौं ६० लाखको जनघनत्वको चापलाई काठमाडौं दक्षिणकाली क्षेत्र र मकवानपुरको उत्तरी क्षेत्रका १७ गाविस र पालुङ दामनदेखि सिस्नेरीसम्मको भूभागमा उपयुक्त आवास क्षेत्र वा पूmलबारीका रूपमा विकास गर्न सकिन्छ । जहाँ, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि उत्पादन सडक आदि पूर्वाधारलगायतका आवश्यक विकास पनि छ । यो मार्गको निर्माणपछि हेटौंडा नगरपालिका, पदमपोखरी, हाँडीखोलालगायत स्थानमा मानवबस्ती विकास, उद्योग–धन्दा विकास, कुलेखानी इन्द्र सरोवर, दामन भ्यू टावर, चिसापानी गडी, चन्द्रागिरिजस्ता पर्यटकीय स्थलहरूको विकास गर्न सकिन्छ । राजधानीबाट एक घण्टामा सजिलै पुगिने रमणीय र सबै सुविधायुक्त शहर कुनै हुनेछ भने त्यो हेटौंडा हुने छ । हेटौंडापछि पूर्व र पश्चिम दुवैतर्फको यात्रा सहज हुनेछ । छिमेकी मुलुक चीनबाट नेपाल भई भारत र भारतबाट नेपाल भई चीन जाने–आउने ‘टा«ञ्जिट प्वाइण्ट’को विकास भई व्यापार तथा अन्य विकास गर्न सकिने राष्ट्रिय–अन्तरराष्ट्रिय महत्वको सुरुङ मार्ग सावित हुनेछ ।सम्पन्न गर्न सकिन्छ त यो योजना ?
सुरुङमार्ग निर्माणका लागि करीब २० अर्ब रुपैयाँ लगानी लाग्नेछ । प्रारम्भिक अध्ययनबाट ४ वर्षमा निर्माण पूरा भई ७ वर्षमा लगानी उठ्ने यो मार्गका लागि स्थानीय निकायहरू क्रमशः जिल्ला विकास समिति मकवानपुर तथा काठमाडौं दुवै जिल्लाका २५ गाविस र त्यहाँका ५० हजारभन्दा बढी जनताहरूको सहयोग छ । त्यस्तै सडक निर्माण उपभोक्ता समितिहरू, हेटौंडा काठमाडांै जोड्ने सडकहरूमा वर्षासम्म निःशुल्क श्रम गर्ने जनता तथा हजारौं रोपनी जग्गा निःशुल्क प्रदान गर्ने जग्गाधनीहरू, नेपाल उद्योग वाणिज्य महासङ्घ र यसअन्तर्गतका सङ्घ तथा उद्योगी व्यवसायीहरूको पनि उक्त सुरुङमार्ग निर्माणमा सहयोग रहेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घ र यसका ‘क’ वर्गका १ सय ९३ निर्माण व्यवसायी कम्पनी, गैरआवासीय नेपाली सङ्घका प्रतिनीधिहरू, वित्तीय संस्थाहरूका साथै सरोकार राख्ने महत्वपूर्ण सङ्घ–संस्था र व्यक्तिहरूसमेत नेपाल पूर्वाधार विकास कम्पनीमा आबद्ध छन् । देशको आर्थिक सामाजिक रूपान्तरण गर्न सक्ने यो सुरुङमार्गमा लगानी गर्न सबै प्रतिबद्ध रहेको अवस्था छ । साभारः अभियान
By Salokya, on September 2nd, 2012
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !