पुलको चीनतिरको आधा भागमा धूलोसम्म देखिँदैनथ्यो भने नेपालतिरको आधा भागमा जताततै धूलो, चुरोटका ठुटा, चकलेटका खोल र अन्य सामानका कागज, प्लास्टिकका प्याकेट थिए। नेपालीको अल्छीपनाको प्रमाण प्रस्तुत भइरहेको थियो त्यहाँ। त्यहाँको भौतिक संरचनामा नेपाली र चिनियाँ भूभागबीच ठूलो अन्तर त देखिन्छ नै,एउटै साझा पुलमा थुपारएिको फोहोरले पनि 'यहाँसम्मचाहिँ नेपाल हो है' भनिरहेको थियो। त्यसमाथि खाकी रंगको पोसाकमा सतर्क र सक्रिय अवस्थामा उभिएका चिनियाँ सुरक्षाकर्मीका अगाडि कुर्सीमा उपरखुट्टी लगाएर निस्पिmक्री बसेका नेपाली सुरक्षाकर्मीलाई देख्दा लाग्यो, नेपालीले पुलको आफ्नोतिरको भाग पनि चिनियाँले नै आएर सफा गरििदयोस् भनेर मुख ताक्ने रहेछन्।
रवीन्द्र

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !