एउटा सत्य के हो भने महिलाहरुमा बढ्दै गएको मोटोपना र बदलिँदो जिवनशैलीका कारण नितम्ब र वक्षस्थलमा बोसोको मात्रा बढेको छ, जसका कारण महिलाहरुका स्तन पहिले भन्दा ठूला भएका छन् । तर बोसो मात्र होइन आधुनिक महिलामा स्तन कोष तथा तन्तुको संख्या नै बढी हुने गरेको छ ।
वास्तवमा महिलामा स्तन तन्तुको वृद्धि हुने कार्यमा वेस्ट्रोजेन नामक हर्मोनको भूमिका हुन्छ । महिलाको सेक्स हर्मोनको रुपमा रहेको वेस्ट्रोजेनले केवल स्तन मात्र होइन जिउडालको आकार समेत निर्धारण गर्छ । यहीँ हर्मोनको उच्च उत्सर्जनका कारण युवतीहरुमा स्तनको आकार बढेको निष्कर्ष विज्ञहरुको छ । महिलाहरुले विभिन्न प्रकारका सौन्दर्यमूलक रसायनको साथै विभिन्न खाले गर्भनिरोधका औषधिहरु समेत प्रयोग गर्ने हुँदा यसले उक्त हर्मोनको उत्पादनमा प्रभाव पार्ने र सोही कारण महिलाको स्तन मात्र नभएर नितम्बको आकार पनि बढाउँदै लगेको निष्कर्ष शोधकर्ताहरुको छ ।
महिलामा स्तनपानले स्तनको आकार वृद्धि नियन्त्रण गर्ने भएपनि आधुनिकता सँगै महिलाहरुले उमेर ढल्किँदा सम्म पनि बच्चा नपाउने प्रवृत्ति बढिरहेकाले त्यो बेलासम्म प्रयोग गर्ने गर्भनिरोधका उपाय मात्र होइन प्राकृतिक रुपमै उत्पादन हुने सेक्स हर्मोनको मात्राका कारण महिलामा स्तनको आकार ठूलो हुनमा बल पूराउँछ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !