skip to main |
skip to sidebar
रेखा सगरमाथा चढ्ने !
बन्जीदेखि प्याराग्लाइडिङ् र राजनीतिदेखि सम्बन्धसम्मका कुराले नायिका रेखा थापाको चर्चा भइरहेकै हुन्छ। हुँदाहुँदा उनै रेखाले सगरमाथा चढ्ने योजना बुनिरहेको चर्चा सुनिन थालेको छ। एक वर्षअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’-पुत्र प्रकाश दाहालको टोलीमै सगरमाथा चढ्ने रहर गरेकी रेखाले आफ्नै पहलमा शिखर चुम्ने तयारी गरिरहेकी छन्। निर्देशक सुरेशदर्पण पोखरेलले उनको योजनाको संयोजन गरिरहेका छन्। "आगामी वैशाखसम्म सगरमाथा आरोहण गर्ने तयारी भइरहेको छ," पोखरेल भन्छन्, "सबैभन्दा छोटो समयमा शिखर चुमेको कीर्तिमानधारी आरोही पेम्बादोर्जे शेर्पासँगै रेखाले सगरमाथा चढ्ने छिन्।" रेखाले सगरमाथा चढ्ने कुरा अर्की नायिका निशा अधिकारीको जस्तै गफमा मात्र सीमित हुने हो कि ?
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !