केही समयअघि सरकारले स्कुलमा चाउचाउ, चिप्स, चिजबलजस्ता तयारी खाना (जंक फुड)मा प्रतिबन्ध लगाउने खबर आएको के थियो, त्यसको विरोध सुरु भइहाल्यो। 'स्कुले विद्यार्थीले चाउचाउ नखाए हाम्रो व्यापार नै हुँदैन, उद्योग डुब्छ, चाउचाउ, चिप्स, चिजबल आदि अस्वस्थकर खाना होइनन्' भन्ने तर्क उनीहरूको छ। तर, हामीमध्ये कसैले 'चाउचाउ, चिप्स आदि जंक फुड नै हुन्, यिनीहरू अस्वस्थकर नै छन्, बालबालिकाको स्वास्थ्यका लागि यिनले मन्दविषकै काम गरेका छन्, सरकारले ढिलै भए पनि ठीक काम गरेको छ' भन्ने साहस गरेनौँ। धेरैलाई के पनि लागेको छ भने, बालबालिकाले खान छाड्दैनन्, आमाबाबुले किन्न छाड्दैनन्, किन बेकारमा मुख दुखाइरहने?
यति धेरै विज्ञापन आउँछन् कि तिनमा बच्चाहरूले यस्ता
चिजबल, चाउचाउ मन पराएर खाएको र अनेक पुरस्कार जितेको देखाइन्छ र त्यसलाई आदर्श बनाएर नै बालबालिका चाउचाउ किन्न लगाउँछन्, आमाबुबाहरू बालबालिकालाई प्याकेटका यस्ता मन्दविष किनिदिन्छन् र आफ्ना बालबालिकालाई जीवनभरको रोग उपहार दिन्छन्। यस्ता तथ्य प्रायः टीभी र रेडियोबाट आउँदैनन्। त्यसैले जनतासमक्ष पुग्न सकेका छैनन्। उपभोक्ता मञ्च वा उपभोक्ता संघले पनि यस्ता वस्तुको प्रयोग गर्दा बालबालिका कसरी बिरामी हुन्छन् भन्ने कुरा कतै उठाएका छैनन्। कतिपय त 'अरू केही खानेकुरा नै छैन खाजा खानलाई, के गर्ने त यस्ता जंक खाना नखाई?' भन्छन्।
कुहिएको, ढुसी परेको, कीरासँगै पिसिएको, जुत्ताले कुल्चिएको पीठो प्रयोग गरेर विभिन्नथरीका चाउचाउ बनाइएको हुन्छ भन्ने कसैलाई थाहा छ? चाउचाउमा अनेक उपहार कसले सित्तैँमा दिन्छ? यस्ता कुहिएको पीठोबाट बनाइएको एक रुपियाँमा नबिक्ने चाउचाउ १५-२० रुपियाँमा किन्न लगाउँछन् अनि धेरै नाफा गरेर उपहार दिन्छन्।
सरकारले साँच्ची नै जनताको स्वास्थ्यको ख्याल राख्ने हो र भविष्यको पुस्ताको शरीरलाई स्वस्थ राख्ने हो भने स्कुलका पसलमा यस्ता खाना रोक्नैपर्छ। काठमाडौँमा कतिपय निजी स्कुलले आफ्ना विद्यार्थीको खाजामा चाउचाउ र चिजबलमा कडीकडाउ गरेपछि मातापिताले घरका खानेकुरा दिएर पठाएका उदाहरण पनि नभएका होइनन्। तर, यस्ता सकारात्मक समाचार पत्रपत्रिकामा आउँदैनन्।
चाउचाउमा 'क्याल्सियम र आइरन' पाइन्छ भनेर विज्ञापन गर्न थालेपछि सर्वसाधारणमा भ्रम हुन्छ कि यसमा साँच्ची नै पौष्टिक तत्त्व रहेछ। तर, हामीले घरमा खाने दाल, भात, तरकारी, सिमी, दही आदिमा पर्याप्त क्याल्सियम पाइन्छन्। फलामका भाँडामा खाना पकाएर खाँदा यसमा लौहतत्त्व पर्याप्त पाइन्छ। यसरी खबर छापिइरहने हो भने हाम्रा सन्तानले स्वस्थ खानाको बानी सिक्नेछन्। स्कुलमा चाउचाउमाथि प्रतिबन्ध लागेपछि, 'ए, यो त स्वास्थ्यकर खाजा होइन' भन्ने सन्देश मातापितालाई पनि जान्छ र घरमा पनि यस्ता खानाले प्रश्रय पाउँदैनन्।
केही दिनअघि एक एफएम रेडियोबाट मणि नामका पत्रकार मसगँ चाउचाउ, चिजबल आदिका बारेमा सरकारले गरेको निर्णय र यस्ता जंक फुडका हानिका बारेमा अन्तर्वार्ता लिन आएका थिए। अन्तर्वार्तामा मैले भनेँ, जंक फुडले बिरामी बनाउँछ। बालबालिकाको शरीरमा कुपोषण गराउँछ र क्यान्सरजस्ता रोग पनि निम्त्याउँछ। बालबालिकाले जिद्दी गरे भन्दैमा मातापिताले रक्सी, चुरोट, गाँजा खान दिने? किन आमाबुबाले विचार गर्दैनन् कि उनीहरूले आफ्ना सन्तानलाई 'पोषण' र 'खुसी' होइन कि जीवनभरको व्यथा दिन्छन्।
मेरो भनाइ सुनेर ती पत्रकार छक्क परे। सोधे, "कुपोषण र क्यान्सर पनि हुन्छ?" मैले उनलाई भनेँ, तपाईं यसरी जंक भोजनका विरुद्ध आवाज उठाउन मेरो अन्तर्वार्ता लिन आउनुभएको छ। चाउचाउ र चिजबल कति खानुहुन्छ? "खान्छु नि ! काम गर्दा खाने ठेगान हुँदैन। पसलमा गए खाजामा त्यही चाउचाउ मात्र हुन्छ अनि के गर्नू त?" उनले भने।
खानूस्, खानूस् र बिरामी पर्नूस्। तपाईंको आँखाले पसलका चना, चिउरा, आलु आदिलाई खाजा नदेख्दो रहेछ। मेरो ठट्टा सुनेर ती पत्रकारले सोधे, "तपाईं यति धेरै यात्रा गर्नुहुन्छ। कहिल्यै चाउचाउ खानुहुन्न गाउँ जाँदा ?" अहँ, खान्नँ। सकेसम्म म घरबाट नै चिउरा, आलु आदि बोकेर लैजान्छु, दुई-तीन दिनसम्मका लागि। बाटोमा चिया मगाउँछु, चिउरासँग खान्छु। बेलुका जहाँ बस्छु, त्यहाँ त रोटी र भात पाइहाल्छ। अनि, किन मन्दविष खानुपर्यो र? फेरि मैले वर्षौं भयो यस्ता खानाका बारेमा लेख्दै/बोल्दै आएको। मैले नै जंक फुड खाएँ भने के आधारमा लेख्ने र बोल्ने?
"म पनि अब कोसिस गर्छु, यस्ता मन्दविष नखानलाई," पत्रकारले यसो भन्दै अन्तर्वार्ता सिध्याए। ती पत्रकारले जंक फुडका विरुद्धमा रेडियोमा कार्यक्रम बजाए पनि। ती पत्रकारले अब चाउचाउ खान छाड्लान् वा त्यो कार्यक्रम सुनेर आमाबुबाले सन्तानलाई मन्दविष दिन छाड्लान् ?
डा अरुणा उप्रेती , नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !