CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बस्नेतको पक्राउ रहस्यमय

बस्नेतको पक्राउ रहस्यमय

मुक्त गर्न माग गर्दै ऋणी नै प्रहरीमा 
काठमाडौं/ अग्नि एयरका मुख्य लगानीकर्ता सुधीर बस्नेत पक्राउ प्रकरण रहस्यमय बन्दै गर्दा उनीबाट ठगिएको भनिएका झण्डै तीन सयजनाले हनुमान ढोका पुगेर उनलाई मुक्त गर्न आग्रह गरेका छन्।  
उनीहरूले त्यहाँ बस्नेतलाई हिरासतमा राख्दा आफूहरूको रकम झन जोखिममा परेको भन्दै रिहा गर्न दबाब दिएका छन्। अग्नि एयर सस्तोमा लिलामी गर्न बैंक, प्रहरी र सम्भावित खरिदकर्ताको मिलेमतोमा बस्नेतलाई हिरासतमा राखेको समाचार सार्वजनिक भएपछि झण्डै तीन सयजना हनुमानढोका पुगेका हुन्। यसैबीच जिल्ला अदालतले बस्नेतलाइ हिरासतमा
एक साता राखेर अनुसन्धान गर्न आइतबार आदेश दिएको छ। उनी शुक्रबार पक्राउ परेका हुन्। 
उनले हिरासतबाटै 'मलाई जेल हालेर समस्या समाधान हुन्छ भने दुई–चार जनाको मात्रै होइन, मेरा दसौं हजार ग्राहकले एकैचोटी उजुरी हालुन्। होइन भने मलाई जनता र राज्य मिलेर काम गर्ने अवसर दिनुपर्‍यो। सबैप्रतिको दायित्व चुक्ता गर्न म प्रतिबद्ध छु। म दुई–चार जनाको मात्र चुक्ता गरेर फेरि हनुमानढोका आउन चाहन्न' भन्ने प्रतिक्रिया दिएका थिए। उनलाई हिरासतमा राखेर अग्नि एयर सस्तोमा लिलामी गर्न खोजिएको छ। उनले यस विषयमा छानविन गर्नसमेत राष्ट्र बैंक र सरकारसँग आग्रह गरेका थिए। अग्नि एयर लिलामी नगरी विक्रि गर्दा उनलाई बैंकको ऋण तिरेर ३० देखि ३५ करोड रुपैयाँ थप प्राप्त हुन्छ। यसले उनी तत्काल दुई/तीन वटा हाउजिङग परियोजना टुङ्ग्याउन सक्छन्। त्यसबाट प्राप्त हुने पुँजीले विस्तारै अन्य परियोजना सल्टाउन र अन्तिममा ओरियन्टल सहकारीको निक्षेेप फिर्ता गर्न सक्छन्, उनी निकट एक व्यवसायीले भने। 
अग्नि एयर सस्तोमा लिलामी गरे उनी पनि समस्यामा पर्छन्, घरजग्गा र सहकारीमा लगानी गरेका हजारौं लगानीकर्ता पनि समस्यामा पर्छन्, अग्नि एयर सस्तोमा लिलामी गर्दा एकदुई जनालाई नाफा होला, तर व्यवसाय सल्टाउन दिए, हजारौंलाई राहत हुन्छ, उनले भने। यही कारण पनि उनीबाट ठगिएका भनिएकाहरू हनुमानढोका पुगेको विश्लेषण छ। 
अग्नि एयर लिलामीमा निस्केको दोस्रो दिन कम्पनीका मुख्य व्यक्ति सुधीर बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ। आवरणमा रकम लिएर अपार्टमेन्ट उपलब्ध नगराएको आरोप सुधीर माथि लगाइएको छ तर पक्राउको भित्री खेल भने अग्नि एयर सस्तोमा लिलामी गर्ने प्रकरणसँग जोडिएको छ। गतवर्ष २८ करोड रुपैयाँ मुनाफा गरेको अग्नि एयरले तीन बैंक ग्रान्ड, सनराइज र इन्टरेनशनल लिजिङग एन्ड फाइनान्सलाई ६५ करोड रुपैयाँ ऋण र व्याज चुक्ता गर्न बाँकी छ। अग्निले असारसम्म बैंकको साँवा र ब्याज भुक्तानी गर्दै आए पनि त्यसयताको क्वार्टरमा भने व्याज भुक्तानी भएको छैन्। 
साँवा र ब्याज पनि भुक्तानी नभएपछि बैंकहरूले समस्यामा परेका घरजग्गा व्यवसायी सुधीरलाई पेल्न थालेका थिए। सुधीरले पनि पुस मसान्तसम्म अग्निलाई विक्रि गर्ने र त्यसबाट प्राप्त भएको रकमले साँवा ब्याज भुक्तानी गर्ने बचन दिंदै आएका थिए। तर बैंक र व्यवसायीबीचको अन्डरस्ट्याडिङ विपरीत पुस १९ गते ग्रान्ड बैंकको नेतृत्वमा तीन बैंकले अग्नि एयर लिलामीको सूचना जारी गरे। 
समस्यामा परेपछि अग्नि एयर खरिद गर्नका लागि यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले प्रयास गरिरहेका छन्। उनले सुधीरसँग किन्दा महँगो पर्ने भएपछि बैंकमार्फत् खरिदका लागि प्रयास गरेका छन्। उनले बैंकमार्फत अग्नि एयर किने ६२ करोड रुपैयाँ 'ओभर द टेवल' र १० करोड रुपैयाँ 'अण्डर द टेवल' गरी ७२ करोड रुपैयाँ खर्च गरे पुग्छ। तर सुधीर भने २८ करोड रुपैयाँ मुनाफामा रहेको अग्निलाई कम्तिमा पनि एक अर्ब रुपैयाँभन्दा माथि विक्रि गर्न चाहिरहेका थिए। बैंकले लिलामी निकालेपछि पनि उनले अग्नि विक्रिका लागि विभिन्न पार्टीसँग छलफल गरिरहेका थिए। एक–दुई जना व्यवसायीहरू ९० देखि ९५ करोड रुपैयाँसम्ममा अग्नि खरिद गर्न तयार पनि थिए। सस्तो मूल्यमा अग्नि आफ्नो हातमा नआउने भएपछि प्रहरीमा परेको पुरानो मुद्धाको आधारमा शेर्पा, तीन बैंक र प्रहरीको मिलेमतोमा बस्नेतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। पक्राउ परे लगत्तै शुक्रबार महानगरीय प्रहरी आयुक्त नवराज ढकालले पत्रकारलाई फोन गरी आफैैं सूचना दिएका थिए। 
प्रहरीले अब उनलाई बुधबारसम्म थुनामा राख्न पाउने स्वीकृति जिल्ला अदालतबाट लिइसकेको छ। यहीबीच लिलामी प्रक्रिया सक्ने तयारी भइरहेको छ। आङछिरिङ बाहेक अर्को सम्भावित ग्राहक फेला नपरोस् भन्नका लागि बैंकहरूले पूर्व सतर्कता अपनाएका थिए। त्यसै कारण उनीहरुले कम्तिमा पनि ६५ करोड रुपैयाँको ऋण उठाउन जम्मा सात दिने सूचना जारी गरेका छन्। एक/डेढ करोड रुपैयाँ पर्ने घर लिलामीमा चढाउँदा त बैंकहरूले ३५ दिने सूचना निकाल्छन् भने ६५ करोड माथिको ऋण असुलीका लागि एक साताको समय किन दिइयो?


--- विक्ली नेपाल 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis