न, जुवा तथा क्यासिनोको पृष्ठभूमिमा रेस-२ को कथालाई अघि बढाइएको छ। यसपटक पनि चलचित्रमा रोमाञ्चक द्वन्द्व तथा पल-पल आउने उतार-चढावले दर्शकलाई मनोरञ्जन गराउनेछ। यो चलचित्रमा सैफअलि खान, जोन अब्राहम, अनिल कपुर, दीपिका पादुकोण, ज्याकलिन फर्नान्डिज, अमिषा पटेल आदि कलाकार मुख्य भूमिकामा छन्। चलचित्रको कथाअनुसार रणवीर (सैफअलि) आफ्नी प्रेमिका तथा क्राइम पार्टनर सोनियाको निधनबाट दुःखी छन्। रेस-२ मा रणवीरको चरित्रका थुप्रै पक्ष देख्न पाइन्छ। उनी सोनियाका हत्याराको बदला लिन चाहन्छन्। इन्सपेक्टर रोबर्ट डि'कोस्टा (अनिल कपुर) ले चेरी (अमिषा पटेल) सँग मिलेर रणवीरलाई सहयोग गर्छन्। सोनियाको हत्यारा खोज्ने क्रममा रणवीरको भेट अरमान मलीक (जोन अब्राहम) सँग हुन्छ। अरमान भारत बाहिर बसेर अपराध गरिरहेका व्यक्ति हुन्। हत्याराको खोजी गर्ने कार्यक्रममा अरमानले पनि रणवीरलाई सहयोग गर्छन्। अब्बास-मस्तानद्वारा निर्देशित यो चलचित्रमा प्रितमको संगीत निर्देशन छ।
-- साप्ताहिक साभार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !