काठमाडौं। मनोज पण्डित जहिले पनि चर्चामा आउने निर्देशक। उनले बनाएका प्रायः सबै चलचित्र चर्चामा आएका छन्। तर ती चर्चासँगै उनले दुःख पनि पाएका छन्।
पण्डितले पहिलोपटक लक्ष्य चलचित्र बनाए। युवापुस्तालाई लक्षित गरी बनाइएको सो चलचित्रले व्यापारिक सफलता नपाए पनि हलमा लाग्नुअगावै चर्चा भने निकै बटुल्यो। त्यसपछि उनले ग्रेटर नेपाल डकुमेन्ट्री बनाए। सो डकुमेन्ट्रीपछि उनी यति चर्चामा आए कि मनोज र विवाद दुवै एक अर्काका पर्याय मान्न
थालियो। त्यसपछि उनले दासढुंगा बनाए। मदन भण्डारी र जिवराज आश्रितको हत्याकाण्डमा आधारित विषयवस्तु भएकाले दासढुंगाले पर्याप्त चर्चा बटुल्यो। सो
सिनेमा चल्नुअगावै त्यसका केही दृश्यमाथि कैंची चल्यो।
अहिले उनी चर्चामा आउनुको कारण बधशाला बनेको छ। बधशाला सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन शाही नेपाली सेना र कैदीको विषयमा बनाइएको चलचित्र
हो। तर चलचित्रलाई सेन्सरको प्रक्रियामा नपुग्दै नेपाली सेनाले प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ।
गत माघ ५ गतेको रक्षा मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णयले बधशालाले नेपाली सेनाको मान प्रतिष्ठा, इज्जत र भावनामाथि आँच आउने काम गरेको भन्दै त्यसको प्रदर्शनमा रोक लगाउने निर्देशन दिएको थियो। जबकि बधशाला चलचित्र विकास बोर्डमा शीर्षक दर्ता प्रक्रिया हुँदै निर्माण भएको चलचित्र हो। आगामी फागुन २५ गते प्रदर्शनमा ल्याउन लागिएको बधशालालाई सेन्सर प्रक्रियामै नपुगी रोक लगाउने रक्षा मन्त्रालयको निर्देशनको अहिले विरोध सुरु भएको छ। यसले नेपाली सेनाको मानमर्दन गर्ने उनीहरुको ठम्याई छ।
सरकारी एउटा निकायमार्फत निर्माण हुने र यदि सो चलचित्र विवादास्पद हुने भए कारबाही गर्ने अर्कै संस्था छ। तर बधशालाको विषयमा सो नियमलाई पालना गरिएको छैन। बधशाला विवादित भए र त्यसले राज्यका कुनै अंगमा विवाद ल्याउने देखिए सेन्सर बोर्डमार्फत जान सकिन्थ्यो। किनभने कुनै पनि चलचित्र सेन्सर हुँदा त्यसमा विज्ञ चलचित्रकर्मी, चलचित्र संघ/संस्थाका प्रतिनिधि, सञ्चार, गृह र रक्षा मन्त्रालयका प्रतिनिधि हुन्छन्। सेन्सर हुँदा त्यहीँबाट प्रक्रियाअनुसार नै गएको भए अहिलेको जस्तो विवाद आउने थिएन, तर टेेलिभिजनमा देखाइएको प्रोमोसँग डराएर नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत बधशालाको प्रदर्शनमा रोक लगाएको बुझ्न
गाह्रो छैन।
सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादी कार्यकर्तालाई सेनाको भैरवनाथ गणमा दिइएको यातनाका विषयमा आधारित रहेर बधशाला निर्माण गरिएको निर्माण पक्षको भनाइ छ। सुरुदेखि अन्तिम दृश्यसम्म सबै सेना र कैदीबन्दीबीचको सम्बन्धमा आधारित रहेर बधशालाको निर्माण गरिएको निर्देशक पण्डितले तरुणलाई बताए। उनका अनुसार सेनाको ज्यादतीमाथि आधारित रहेर चलचित्र बनाउन नपाइने भए जनयुद्ध, लालसलाम, जलजलालगायत चलचित्रमाथि किन सेन्सर गरिएन? ती सबै चलचित्रमा सेनाले तत्कालीन माओवादी कार्यकर्ताका छातीमा सिधै बन्दुकले ताकेर हानी मारिएको दृश्य प्रशस्त छन्। माओवादी चलचित्रकर्मीले बनाएकै कारण ती चलचित्रलाई विकास बोर्डले विशेष चलचित्र भन्दै पुरस्कारस्वरूप निर्वाध ढंगले चल्ने वातावरणसमेत मिलाइदियो। तर बधशाला भने विभिन्न संस्थाको कोपभाजनमा परेको छ।
केपी पाठकले बनाएको मैना चलचित्र पनि सेनाकै ज्यादतीमा आधारित रहेर बनाइएको चलचित्र हो। जुन आगामी फागुन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ। त्यसमा काभ्रेकी १५ वर्षीया मैना सुनारलाई माओवादी कार्यकर्ता भएको निहुँमा यातना दिई सेनाले ब्यारेकमै मारेर पुरेको थियो। सेनाकै ज्यादतीमा बनाइएको मैनालाई चलचित्र विकास बोर्डले 'विशेष' सिनेमाको पगरी गुथाइएको छ। तर त्यही सेनाको विषयमा आधारित बधशालालाई किन रोक्ने प्रयास गरिएको छ, त्यो चाहिँ आफूले बुझ्न नसकेको निर्देशक पण्डित बताउँछन्।