यी बंगाली बाला १० वर्षजति बलिउड अभिनेता जोन अब्राहमकी बाहुपासमा रहिन् । माया गरेको व्यक्ति आफूलाई चटक्कै छाडेर पराई बन्छ भने मन कहिल्यै नजोडिने गरी टुक्रनु स्वाभाविक हो ।
जोनबाट यो पीडा भोगेकी विपाशाको मन पनि यसै गरी भाँचिएको छ । त्यसैले उनले यतिसम्म भन्न बाँकी राखिनन्, 'को हो जोन ? म जोन भन्ने कुनै व्यक्तिलाई चिन्दिनँ ।' सञ्चारमाध्यमको एक जिज्ञासामा उनले जोन अब्राहम भन्ने व्यक्तिलाई आफूले कहिल्यै नचिनेको जवाफ दिएकी थिइन् ।
'मलाई मैले चिनेका व्यक्तिबारे मात्र सोध्नोस्,' उनी सञ्चारकर्मीसँग झोँक्किएकी थिइन् । पतिपत्नीजत्तिकै रोमान्स गर्दै आएका जोन र विपाशाको दशक लामो सम्बन्ध तीन वर्षअघि टुक्रिएको थियो । त्यही दूरीले अचेल विपाशाको दिमागलाई रित्तो बनाइदिएको छ ।
ई-कान्तिपुर
ई-कान्तिपुर