पिता प्रचण्डले 'व्यापारिक तालिम'का लागि महतोको जिम्मा लगाएर मस्को पठाएको बुझिन्छ। प्रकाशको चर्तिकलाले निकै विरक्तिएका प्रचण्ड र उनकी पत्नी सीता आफ्नो एक मात्र पुत्र भारतमा यत्तिकै बरालिएर बस्यो भन्दै थप चिन्तित बनेका थिए। उनीहरूको सल्लाहमा पुत्रलाई व्यापरी उपेन्द्र महतोको जिम्मा लगाइएको हो।
उता मस्कोमा प्रचण्डपुत्र प्रकाशलाई रात्रिभोजमा सहभागी हुनेहरूले देखे पनि प्रकाशसँगै बेपत्ता भएकी विना मगर भने देखानपरेको समाचार घटना र विचार साप्ताहिकमा छापेको छ । उनी प्रकाशसँगै छिन् या अन्यत्र कतै भन्नेबारेमा कुनै जानकारी छैन। यसअघि उनीहरू दुवैजना भारतमा बस्दै आएका थिए।