नामक दुई म्यागेजिनका कार्यकारी सम्पादक बन्दैछन्। उनले म्यागेजिनका लागि मासिक स्तम्भ लेख्नेछन्।
'टर्मिनेटर' स्टार हलिउडमा आउनुअघि शारीरिक सुगठनका खेलाडी थिए। पाँच पटक मिस्टर युनिभर्स उपाधि जितेका उनी सन् २००३ मा क्यालिफोर्नियाको गभर्नरको चुनाव जित्नुअघि पनि दुवै म्यागेजिनमा कार्यकारी सम्पादक थिए।
'शारीरिक सुगठन मेरो जीवनको हिस्सा बन्दै आएको छ र मलाई लाग्छ, यी म्यागेजिनले धेरैलाई प्रेरणा दिनेछ, जसरी एकताका म यी म्यागेजिनबाट प्रेरित भएको थिएँ,' आर्नोल्डले विज्ञप्तिमा भनेका छन्।
सन् १९६८ मा २१ र्व्षको उमेरमा आर्नोल्ड उक्त दुई पत्रिकाको आवरणमा पहिलोपटक देखिएका थिए। त्यसपछि उनी दुवै पत्रिकाको आवरणमा ६० भन्दा धेरैपटक छाइसकेका छन्। ६५ वर्षीय आर्नोल्डले सन् २०११ मा क्यालिफोर्नियाको गभर्नर कार्यकाल सिध्याएपछि दुई फिल्म 'द लास्ट स्ट्यान्ड' र 'द एक्सपेन्डेबल्स २'का अभिनय गरिसकेका छन्।
'फ्लेक्स' र 'मसल्स एन्ड फिटनेस' दुवै म्यागेजिन अमेरिकन मिडिया इन्क नामक कम्पनीले प्रकाशन गर्छ। यो कम्पनीले 'नेसनल इन्क्वेरर' दैनिक टेबल्वाइड पत्रिका र 'ओके' म्यागेजिन पनि छाप्दै आएको छ।
