काठमाडौ, फाल्गुन २३ - नेकपा-माओवादी नेतृत्वको संघीय जनगणतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दले राजधानी लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ
। प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनको तयारी असंवैधानिक भएको भन्दै बन्द गरिएको हो ।
बन्दका कारण राजधानीका सडकमा सवारी साधन चलेको छैन । एम्बुलेन्स, अस्पताल, प्रेस, सुरक्षा निकाय र पर्यटक बोकेकेा सवारी साधन मात्र सडकमा देखिएको छ । चोक चोकमा बन्दकर्ताहरु उभिएका छन् । सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ । कार्यालय, एयरपोर्ट तथा अत्यावश्यक कामले निस्केकाहरु गन्तव्यमा पुग्न पैदल हिडेको देखिन्छ ।
चार दलले विदेशी हस्तक्षेप निम्त्याउने काम गरेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय सरकार गठनको निम्ति मोर्चाले बन्द आह्वान गरेको जनाएको छ । बिहानदेखि सुरु बन्द साँझ ५ बजे सकिने बन्दकर्ताले जनाएको छ ।
सुर्खेतः यहाँ भइरहेको सुर्खेत महोत्वसलाई हेर्दै बिहान ९ बजेपछि आयोजकले बन्द फिर्ता लिएको छ ।
काभ्रेः बन्दकर्ताले बनेपामा बा.१८.प ९७९० नम्बरको मोटरसाईकल र गौतम मिठाई पसलमा तोडफोड गरेको छ ।
-- ईकान्तिपुर प्रकाशित मिति: २०६९ फाल्गुन २३ ०८:५३
