यही बहानामा उनी दर्शकसाग डेटिङ जान पनि पछि नपर्ने भएकी छिन्। नेपाली सिनेमा राम्रा बन्न छाडेका छन्। आफ्नो नयाा फिल्मको नाम सुपरहिट राख्दैमा सिनेमा चल्ने विश्वास विनितालाई छैन। त्यसमा पनि नयाा
निर्देशकहरूले यो फिल्म निर्देशन गरेका हुन्। फिल्ममा बााकी सबै कलाकार नयाा छन्।
दर्शक हलसम्म आउन सिनेमा नै राम्रो हुनुपर्छ। नेपाली दर्शक भााडिएको बेला कसरी दर्शकलाई पट्याउने? यस्तो अवस्थामा विनिता भने दर्शकसाग नै डेटिङ जान थालेकी छिन्। आजकल उनी दर्शकसाग फोनमा व्यस्त हुने, दर्शकलाई भेट्ने, सागै चियाकफी पिउने, खाजा खाने गर्छिन्।
एउटा फिल्म सफल हुनको लागि कम्तीमा तीन लाख नेपाली दर्शकले सो फिल्म हेर्नुपर्छ। फिल्म सुपरहिटलाई सफल बनाउन के विनिताले तीन लाख दर्शकसाग डेटिङ जान सक्छिन् त? आफूले खेलेका कतिवटासम्म सिनेमालाई हिट बनाउन कोकोसाग उनी डेटिङ जाने? यतिबेला नेपाली सिनेमा उद्योगमा यस्तै प्रश्न उठ्न थालेको छ।
यदि डेटिङ जाादा पनि सिनेमा चलेन भने विनिताले त्यसपछि के गर्छिन् त? अहिले दर्शकसाग विनिताको डेटिङलाई अरू चलचित्रकर्मी तथा सञ्चारकर्मीले पानी माथिको फोकाको उपमा दिएका छन्। उनीहरूको भनाइमा राम्रो फिल्म नबनाएसम्म दर्शक हलमा आउादैनन्। दुई/चार सय दर्शकसाग हिरोनीले डेटिङ जाादैमा फिल्म हिट हुने भए सबै नायिकाहरू डेटिङ जान तयार हुन्थे। त्यसैले दर्शकसाग विनिताको डेटिङले बााकी सिनेकर्मीले सस्तो प्रचारबाजीको रूपमा लिएका छन्।
-विक्ली नेपाल
