उनीसँग १ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको उल्लेख गरेको छ।
नबिल बैंक तथा वाइवाइ चाउचाउका मालिक रहेका चौधरीको भारतीय चेन होटल ताजमा समेत लगानी रहेको फोर्ब्सले उल्लेख गरेको छ। 'विनोद चौधरी नेपालका पहिलो अर्बपति भए पनि उनले आफ्नो धेरैजसो सम्पत्ति देश बाहिर नै कमाएका हुन', सूचि सार्वजनिक गर्दै फोर्ब्सले भनेको छ- 'अन्य व्यवसायमध्ये लोकप्रिय चाउचाउ ब्राण्ड वाइवाइ, नबिल बैंकको सेयर र भारतको चेन होटल ताज होटलमा उनको स्वामित्व छ।'
१८ वर्षको उमेरमा आफ्नो पारिवारिक व्यापारमा संलग्न भएका चौधरी कलेज ड्रपआउट हुन्। शारीरिक व्यायमका पारखी चौधरी प्रत्येक वर्ष हिमालतिर ट्रेकिङ जाने गरेको फोर्ब्सले जनाएको छ। 'हामीले यसलाई नेपालको गौरवको रुपमा लिएका छौं', आफू विश्वका अर्बपतिहरुको सूचिमा परेलगत्तै चौधरीले ट्विटरमा भनेका छन्- 'नेपाल अब विश्वको कर्पोरेट जगतमा पनि परिचत भएको छ।'
