बिहे गरेपछि न ब्रेकअप होला भन्ने डर, न पार्टनरलाई अरूले खोस्ला
भन्ने पीर। त्यसैले नयाँ पुस्ताका तन्नेरीहरू प्रेम हुनेबित्तिकै बिहे गर्न
हतारिन्छन्। पारिवारिक हिसाबले आफूलाई असुरक्षित ठान्ने केटाकेटीहरू चाँडो बिहे
गरेर
मानसिक रूपले सुरक्षित हुन चाहन्छन्। उनीहरूको विचारमा परिवार परम्पराको
बन्धन हो, जसबाट फुस्किनु नै एकमात्र सुरक्षा हो। सजना बराल, अन्जान स्वीकृति, सुकृत नेपाल र अम्मर जिसीले
तयार पारेको 'टिनएज म्यारिज' सम्बन्धी रिपोर्टमा तोडिएका मिथहरूको चर्चा छ। विवरण
पढ्नुस् :
.....
विवाहलाई जिन्दगीको सबैभन्दा महत्वपूर्ण निर्णय र घटना मानिन्छ। त्यसैले
विवाहको निर्णय गर्नुअघि मानिसहरू थुप्रै पटक मथिंगल खियाउँछन्। आफू अनुकूलको
पात्र खोजेर उसको आनीबानी,
कुल-घरान, अध्ययन र पेसादेखि ग्रहदशा जाँचेर मात्रै
कुरा अघि बढाउने गर्छन्। तर, विवाहका लागि अपनाइने यो बाह्र हाते प्रक्रियालाई अहिलेका केटाकेटी बकवास
ठान्छन्। आज मन पराए भोलि नै 'आई लभ यू' भन्ने र पर्सिदेखि डेटिङमा हिँडिहाल्ने कतिपय
टिनएजरलाई बिहेका लागि आइतवार कुर्ने फुर्सदै हुन्न। न हुन्छ धैर्य।
सामान्यता १३ देखि १९ वर्षभित्रमा गरिने टिनएज-विवाहका
अनेक कारण छन्। उहिले-उहिले भए टन्न छोराछोरी जन्माएर खेतीकिसानीमा लगाउने
उद्देश्यले चाँडै विवाह गराइन्थ्यो। त्यतिबेलाको सामाजिक संरचना पनि चाँडो बिहेलाई
प्रोत्साहन गर्ने खालको थियो। तर, हिजोआज टिनएजरहरू विवाहका लागि हतारिनुको कारणमध्ये प्रेम सम्बन्ध, यौन इच्छा, 'अर्ली पे्रग्नेन्सी',
घर-झगडा, कमजोर आर्थिक अवस्था, आवेश, रहर आदि हुने गरेका छन्। ग्रामीण भेगमा भने अशिक्षा, अन्धविश्वास, कुरीति वा अभिभावकको करबलले पनि टिनएजमै मण्डप घुम्न बाध्य हुन्छन्
केटाकेटीहरू।
टिनएजरहरू मायाप्रेमका प्यासी हुन्छन्। तर, उनीहरूको प्रेमसम्बन्ध परिपक्व हुँदैन।
यद्यपि,
आफूले मन पराएको
मान्छेलाई कुनै हालतमा गुमाउन चाहँदैनन् उनीहरू। यसका लागि विवाह सबैभन्दा सजिलो र
भरपर्दो माध्यम बन्ने गर्छ। 'बिहे गरेपछि त
कुरै सकियो नि,'
लैनचौरकी १९
वर्षीया रिस्ता दाहाल भन्छिन्, 'न बे्रकअप होला भन्ने डर, न त कसैले आफ्नो पार्टनरलाई आँखा लगाउला भन्ने पीर।' अझ, दुईचार जना विवाहित साथीसँग पनि संगत छ भने त झन् टिनएरलाई घरगृहस्थी बन्ने
जोश उर्लिएरै आउँछ। फिल्ममा देखिएझैँ विवाहपछिको जिन्दगी सुखै-सुखले भरिपूर्ण
हुन्छ भन्ने भ्रममा हुन्छन् उनीहरू। त्यसैले पनि स-साना समस्या आइलाग्नासाथ
प्रेमीसँग गुहार माग्दै बिहेका लागि अग्रसर भइहाल्छन्। प्रेम टुट्ने डर, साथीभाइको लहैलहै र फिल्म, टेलिसिरियलको प्रभावले पनि बिहे गरेका
हुन्छन् कतिपयले।
'एक दिन सुनिताको घर गएकी थिएँ,' १८ वर्षीया निशा परियारले आफ्नो बिहे वृत्तान्त सुनाइन्, 'उसले आज यहीँ बस् भनेर कर गर्न थाली। लौ त नि
भनेर म पनि बसिहालेँ। भोलिपल्ट बिहान घर जान्छु त सबजना बम भएर बसेका!' उनले पटकपटक आफू सुनिताको घरमा बसेको कुरा
बताएकी थिइन् रे। तर,
हजुरआमाले 'तँलाई नकच्चरी, जोसँग सुतेकी थिस्,
त्यसैसँग
मुन्टिहाल्'
भनेपछि निशाको
पनि पारो तातिएछ। 'मेरो पालो हिड्दिएँ घर छोडेर,' उनले युवा जोश देखाइन्, 'रोशनसँग अफेयर थियो। बिहे नगर्ने भए सुसाइड
गर्दिन्छु भनेपछि उसले पनि बाइकमा हालेर कुदाइहाल्यो।'
टिनएजरहरू प्रायः हतारमा हुन्छन्। उनीहरूलाई
आफ्नो निर्णय यति जायज लाग्छ कि दोहोर्याएर सोच्नुपर्ने कारणै भेट्दैनन्। निशाले
बिहेको निर्णय रिसको झोँकमा लिएकी थिइन्। उनले झैँ टिनएजमै घरजम गर्नेे अधिकांश
केटाकेटीले पनि झोक्किएर अथवा आवेशमा आएर बिहे गरेका हुन्छन्। के निहुँ पाऊँ र
कनिका बुक्याऊँ भइरहेका बेला आमा-बा, साथीभाइ,
शिक्षक वा दाजु-भाउजूले
ठूलो स्वर गर्नासाथ यौवनोन्मुख तन्नेरीहरू बिहे गरेपछि सबैको सेखी झर्छ
भन्ठान्छन्।
प्रायःजसो टिनएज-विवाह प्रेमसम्बन्धका कारणले
हुने गरेको छ। त्यसमा पनि परिवारको स्वीकृतिविना भागेरै बिहे गर्नेको संख्या निकै
छ। हिजोआज अदालतमा नक्कली साक्षी राखेर कोर्ट म्यारिज गर्ने चलन पनि छ। नक्कली
साक्षीले साक्षी बसेबापत निश्चित रकम लिन्छन्। यसले भागी विवाहलाई साथ दिन ठूलै
भूमिका खेलेको छ।
चिनजान भएको दुई हप्तामै सुरेश र सुशीलाको
मायाप्रीति झ्याँगिएको थियो। गौशालाको गेस्ट हाउसमा तीन घण्टा बिताएपछि उनीहरूको
झ्याँगिएको मायाले हाँगाबिँगा उमार्ने लाइसेन्स पनि पाइहाल्यो। तर, भर्खर ११ कक्षामा पढ्दै गरेकी छोरी
कुटुम्बलाई सुम्पिने पक्षमा थिएनन् सुशीलका अभिभावक। 'के गर्ने, गर्ने?
हामी त आत्तिएर
झन्डै मरेका!'
हिजोआज तीन
महिनाको छोरो स्याहारिरहेकी सुशीलाले भनिन्, 'सबै कुरा भन्ने हिम्मत पनि आएन। नभनौँ त लुकाउन मिल्ने कुरा पनि थिएन।' आखिर, विकल्प फेला पर्योे- विवाह।
यसरी टिनएज-विवाहका कारक तत्वमध्ये गर्भ रहनु
पनि प्रमुख हुने गरेको छ। नेपालजस्तो विकासोन्मुख देशमा त झन् टिनएजमै गर्भवती
हुनेको संख्या ज्यादा हुन्छ। असुरक्षित यौन सम्पर्कले सुरेश र सुशीलालाई झैँ अन्य
टिनएजरलाई पनि विवाह गर्नैपर्ने अवस्था आइलाग्न सक्छ। यौनका बारे जिज्ञासा भए पनि
टिनएजरहरू यसबारे खुलेर कुरा गर्न सक्दैनन्। यसले गर्दा उनीहरूका भावना र जिज्ञासा
कुण्ठित हुन पुग्छन्। तिनै कुण्ठालाई मत्थर पार्न पनि टिनएजरलाई विवाह गर्न हतार
हुन्छ।
अझ, कतिपय केटाकेटीलाई त झन् पोर्न भिडियो हेर्ने लतले यौनप्रति बढी नै आकर्षित गर्ने गरेको हुन्छ। आफूहरूको दिवास्वप्नलाई साकार पार्न उनीहरू सोचविचारै नगरी विवाहका लागि राजी हुने गर्छन्।
अझ, कतिपय केटाकेटीलाई त झन् पोर्न भिडियो हेर्ने लतले यौनप्रति बढी नै आकर्षित गर्ने गरेको हुन्छ। आफूहरूको दिवास्वप्नलाई साकार पार्न उनीहरू सोचविचारै नगरी विवाहका लागि राजी हुने गर्छन्।
झै-भैगडा भइरहने र कमजोर आर्थिक अवस्था भएका
अधिकांश परिवारका छोराछोरीले टिनएजमै जोडी खोज्ने गरेको पाइयो। अभिभावकले पूरा
गरिदन नसकेका इच्छा,
आकांक्षाहरू
बिहेपछि प्राप्त होलान् भन्ने आशले पनि उनीहरू सानै उमेरमा बिहे गर्न तम्सिन्छन्।
टिनएजरलाई आफूमाथि आइलागेका सारा समस्या बिहे गरेपछि ठेगान लाग्छन् भन्ने भ्रम छ।
पढाइ-लेखाइ वा जागिरदेखि दिक्दार भएमा पनि टिनएजरहरू बिहे गरेर ढुक्कले बस्ने सपना
देख्छन्।
लैनचौरकी रिस्ता र विदुरको अफेयर चलेको तीन
महिनामात्रै भएको थियो। त्यति नै बेला रिस्तालाई फुपूको छोरासँग 'रिस्ता' जोड्दिने तरखरमा लागे उनका परिवार। उनले विदुरसँगको सम्बन्धबारे मुख खोलिन्।
तर,
हुनेवाला
ज्वाइँसा'बको रोजगारी ट्याक्सी हाँक्ने भएको चाल
पाएपछि रिस्ताको घरमा रडाको मच्चियो। उनलाई विदुरसँग नलाग्न उर्दी जारी गरियो। तर, रिस्ताले मानिन्। त्यसपछि छोरीलाई कलेज
ल्याउने-पुर्याउने काममा बाबु खटिए भने दिउँसो उनलाई कोठामा ताल्चा मारेर थुनियो।
दुई हप्ताजति त उनले सहेरै बसिन्। 'अति भएपछि चाहिँ टाप ठोक्देँ,' उनले भनिन्,
'संकटा मन्दिरमा
गएर बिहे गर्यौँ। आउने वैशाखमा हामीले बिहे गरेको दुई वर्ष हुन्छ।'
राजधानीको महँगीमा गुजारा चलाउन निकै मुस्किल छ। अझ, 'खाउँ्कखाउँ्क र लाउँ्कलाऊँ' उमेरका केटाकेटीको सम्पूर्ण रहर पूरा गर्ने हो भने त बाउआमा नै टाट पल्टेलान् भन्ने डर हुन्छ। यस्तो अवस्थामा रौस्याहा र चुलबुले स्वाभावका छोराछोरी छन् भने अभिभावकले नै जोडी खोजेर जिम्मा लाइदिने पनि गर्छन्। 'हाम्रो क्लासमा पुनम भन्ने थिई,' १२ कक्षामा पढ्दै गरेकी रोजीले किस्सा सुनाइन्, 'जो केटासँग चल्ने, हाँस्ने, जिस्किने गर्थी। ११ को जाँचै दिन नपाई बिहे गर्दिएछन्। छोरीको चालामाला देखेर प्यारेन्सलाई चिन्ता भयो होला त्यही भएर बिहे गर्दिहालेछन्।'

बालविवाह गर्नुलाई अपराध मानिन्छ। तर, बालापन गइनसकेका र वयस्क पनि भइनसकेका
टिनएजरको विवाहबारे कसैले पनि चाख देखाएको पाइँदैन। यद्यपि, यो विश्वव्यापी समस्या हो। अमेरिका जस्तो
विकसित देशमा समेत बर्सेनि १३ लाख बच्चा टिनएज-विवाहका परिणाम हुने गरेको
सर्वेक्षणले देखाएको छ। नेपालमा १५ देखि १९ वर्È समूहमा २१ लाख ७६ हजार ७ सय ८४ जना पुरुÈ र र ४३ लाख ४० हजार ४ सय ९७ जना महिलाले बिहे गर्ने गरेका छन्। यो सबैभन्दा
धेरै नेपालीले बिहे गर्ने उमेर समूह हो।
चितवनका १९ वर्षे सर्जन धमलाले आफ्नै कक्षामा पढ्ने १६ वर्षे गीता खत्रीसँग एक वर्षअघि बिहे गरेका थिए। तर, उनी बाउ बन्न सकेनन्। बच्चा जन्माउन नसकेर उनकी श्रीमती गीताको सुत्केरी अवस्थामै ज्यान गयो। श्रीमती र बच्चा दुवै गुमाएपछि विरक्तिएका उनी अहिले विदेश हानिन खोज्दै छन्। ‘कसका लागि गाउँमा बस्नु र खै?' उनले खुई काढे, 'साथीभाइको लहैलहैमा लागेर सानैमा बिहे गरियो। पछुतोबाहेक केही हात लागेन।'
बिहेको चक्करमा लागेपछि पढाइलेखाइ पनि गोलमाल
हुन्छ। शैक्षिक योग्यता कम हुँदा स्तरीय जागिर पाइँदैन। त्यसमाथि चाँडै विवाह
गर्दा क्रिकेटको टिमै बनाउन पुग्ने बालबच्चा जन्मिन सक्छन्। यसले विवाहपछिको
जीवनलाई अभावग्रस्त बनाइदिन्छ।
यसो भन्दैमा सबै टिनएज-विवाहको परिणाम
नकारात्मक नै हुन्छ भन्ने छैन। 'तर, उनीहरूले के बुझ्नुपर्छ भने विवाह रमाइलो र
खेलाँचीका लागि गरिने चिज होइन,' समाजशास्त्री शर्मिला रानाभाट भन्छिन्, 'शारीरिक तथा मानसिक रूपले सक्षम नहुँदै बिहेबन्धनमा बाँधिदा जोडीको भविष्य नै
अन्योलमा पर्छ। सानो उमेरमा बिहे गर्ने अधिकांश जोडीको दाम्पत्य जीवन सफल हुँदैन।'
विवाह गर्ने उमेर कुन?
अन्जान स्वीकृति- विवाह कुन उमेरमा गर्ने भन्ने कुराको यकिन
मान्छेपिच्छे फरक-फरक हुने गर्छ। कसैले सानै उमेरमा आफूखुशी प्रेमविवाह गर्छन् भने
कसैलाई परिवारले नै सानै उमेरमा विवाह गरिदिने गर्छन्। कोही परिपक्व उमेरमा
विवाहबन्धनमा बाँधिन्छन्। मानिसको स्वभाव, रुचि र सामाजिक परिवेशले उसको वैवाहिक जीवनमा निकै प्रभाव पार्छ।
१९ वर्षीया नानीमाया तामाङ तीन वर्षे छोरीकी आमा बनिसकेकी छिन्। उनको सामाजिक अवस्था हेर्ने हो भने सानै उमेरमा विवाह गर्नु कुनै नौलो कुरा होइन । किनभने, उनका उमेरका सबै साथीभाइको सानै उमेरमा बिहे हुन्छ। सानै उमेरमा विवाह गर्ने भएकाले पनि उनको गाउँघरमा पढेलेखेका मानिसको संख्या अत्यन्त कम छ। पढेलेखेकामध्ये ९५ प्रतिशत पुरुष छन्। नानीमायालाई कहिलेकाहीँ सानै उमेरमा विवाह गरेकोमा पश्चाताप लाग्छ रे। भन्छिन्, 'बुझ्ने भइसकेपछि विवाह गर्नु र नबुझ्दै विवाह गर्नुमा धेरै फरक हुन्छ।'
चाँडै विवाह गर्ने सोच छैन, १८ वर्षीया दीपिका खड्काको। कक्षा १२ की विद्यार्थी उनी पढाइका लागि विदेशिने सोचमा छिन्। भन्छिन्, ' कहाँ यो उमेरमा विवाह गरेर बस्नु? आफ्नो करिअर हेर्ने समयमा विवाह गरेर पनि बस्छन् त कोही?' तर, उनका केही साथीले भने विद्यालय अध्ययन गर्ने क्रममा नै विवाह गरिसकेका छन्। उनले आफ्नो एकजना साथीको कथा सुनाउँदै भनिन्, 'ती मेरी साथीले कक्षा ७ पढ्ने बेलामा नै आफूले मन पराएको केटासँग भागेर विवाह गरिन्। विवाह गरेको केही समयपछि नै उनीहरूको छोरा भयो। छोरा भएपछि कमााउनका लागि केटा विदेशियो तर विदेशबाट फर्किएपछि उसले मेरी साथीलाई छाडिदियो। छोरालाई केटाकै परिवारले राखेका छन्। केटीको अहिले बिचल्ली भएको छ।'
आफ्नै दिदीले सानै उमेरमा प्रेमविवाह गरेर सम्बन्धलाई निरन्तरता दिन नसकी पुनः अर्को विवाह गर्न पुगेको देखेर पनि १८ वर्षकी शिवानीले त्यही गल्ती दोहोराउन पुगेकी थिइन्। कलेज पढ्दै गर्दा आफू आउने जाने गरेको गाडीका चालकसँगै प्रेमसम्बन्ध जोड्न पुगेकी शिवानीले विवाह गरेको दुई वर्षपछि नै सम्बन्धबिच्छेद गर्न पुगिन्। एक छोरीकी आमा बनिसकेकी शिवानीलाई अहिले माइतीले पनि हेरेको छैन भने आफैँ केही गर्न सक्ने अवस्था पनि छैन। उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन्। पढाइ कम भएपछि राम्रो जागिर पाउने कुरै भएन।
'विवाह भन्ने चिज एकदमै सोचविचार गरेर मात्र गर्नुपर्छ, नत्र जीवन सधैँ तनावमा पर्छ,' १६ वर्षीय दिपेशले निकै गहकिलो विचार सुनाए। उनी ३० वर्ष पुगेपछिमात्रै बिहे गर्ने सोचमा छन्।
सानो उमेरमा विवाह गर्नाले पारिवारिक झमेला त हुन्छ नै, जीवनमा प्रगति गर्न पनि अवरोध हुन्छ। सोचविचार नगरी गरेको विवाह जीवनभरका लागि अभिशाप पनि हुन सक्छ। वर्तमान र भविष्यको योजना बनाएर मात्र विवाह गर्दा पछि पछुताउन पर्दैन।

--टेक्स्ट साभार शुक्रबार