काठमाडौं/ सोमबार जेलमुक्त भएका पूर्वमन्त्री तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका पूर्वअध्यक्ष जेपी गुप्ताले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीलाई एमाओवादी पूर्वसभासद् बालकृष्ण ढुंगेललाई कारबाही गरेर देखाउन चुनौती दिएका छन्।
भ्रष्टाचारको कसुरमा १३ महिना जेल बसेर रिहा भएका पूर्वमन्त्री जयप्रकाश
प्रसाद गुप्ताले ५ चैतमा जेलबाट रिहा भएपछि भने, 'एमाओवादी नेता बालकृष्ण ढुंगेललाई जन्मकैदको फैसला सुनाउने सर्वोच्च अदालतका प्रमुख अहिले अन्तरिम सरकारका प्रमुख भएका छन्, हिम्मत भए ढुंगेललाई जेल हालेर देखाउन्।' सर्वोच्च अदालतले पूर्वमन्त्री गुप्तालाई भ्रष्टाचार गरी अकुत सम्पत्ति जम्मा पारेको भन्दै ९ फागुन २०६८ मा १८ महिना जेल सजाय सुनाएको थियो।
गुप्तालाई १८ महिनाको जेल सजाय तोके पनि उनी समयमै अदालतमा उपस्थित भएका कारण नियमअनुसार छुट पाएर ५ महिना अघि नै रिहा भएका हुन्। गुप्तालाई स्वागत गर्न उनका समर्थकहरू डिल्लीबजार कारागार पुगेका थिए। असार २०५५ मा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले १९ पुस २०६६ मा एमाओवादी नेता बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। अदालतले सजाय सुनाए पनि ढुंगेल अहिलेसम्म स्वतन्त्रतापूर्वक जेलबाहिरै छन्। सर्वोच्च अदालतका प्रमुख रेग्मी अहिले फैसला कार्यान्वयन गराउने सरकार प्रमुख बनेकाले ढुंगेललाई कारवाही गर्न गुप्ताले चुनौती दिएका हुन्।
-जनदबाब फागुन ७