बधशालाले मंगलबार सेन्सर पास गरेको हो ।
सेन्सर फुकुवासँगै आगामी बैशाख ६ गतेदेखि चलचित्र प्रदर्शनमा आउने भएको छ । बधशालालाई चलचित्र जाँच पास समितिले प्रदर्शनका लागी अनुमती दिएको र बैशाख ६ गतेदेखि प्रदर्शनमा आउने निर्देशक मनोज पण्डितले बताए ।
सेन्सर पास भएसँगै बधशाला वैशाख ६ गतेबाट देशका मल्टिप्लेक्ससहित सिंगल स्टेशनहरुमा रिलिज हुने निर्देशक पण्डितले बताए । चलचित्र प्रदर्शनमा रोक लागेपछि न्यायका लागि सर्वोच्च अदालत जाने तयारी गरिरहेका निर्देशक पण्डितले बधशाला सेन्सर भएर पीजि सर्टिफिकेट पाएपछि आफुले ढिलै भएपनि न्याय पाएको बताए ।
उनले सशस्त्र द्वन्दको एक पाटोलाई यजागर गर्न बनेको चलचित्र बधशाला चल्नुपर्छ भनेर आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन् । त्यस्तै सिनेमा सेन्सर भएपछि निर्माता मोहन डोटेल पनि खुशी छन् ।
सशस्त्र द्वन्दको समयमा तात्कालीन शाही नेपाली सेनाले भैरवनाथ गणमा कैदीहरु माथि दिएको चरम यातनाको विषयलाई बधशालाले उठाएको छ । बेलायत तथा अष्ट्रेलियाका दर्शकहरुले ग्रिन सिग्नल दिइसकेको बधशालामा अनुप बराल, अर्पण थापा, सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, सरिता गिरी, समुना केसीको मुख्य भूमिका छ । -ग्रेत्वे ओंलाईंन

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !