CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » के होला सपनामा सेक्सको अर्थ ??

के होला सपनामा सेक्सको अर्थ ??


sexभनिन्छ वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययनले अधिकांस युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो पि्रयजनसँग भेट होओस् र यौनक्रिडा
गर्न पाइयोस् ।
त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ । तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न ५ वटा अवस्थाको यसरी व्याख्या गरेका छन् :
यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा :
यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुस् ।
आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा
यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेकेा सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइप|mेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेतन मनमा पूरानो प्रेेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्नेे प्रष्ट हुन्छ ।
कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा
यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।
कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा
यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन्ा पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।
प्रेमीसँग बिछोड भएको सपना देखेमा
प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन् । -साभार अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis