यस्तै नेपाल पत्रकार महासंघले पनि अनलाइनखबरका रंग पत्रकार विजय ‘आवाज’ माथी भएको धम्कीको विरोध गरेको छ । पत्रकार महासंघका महासचिव ओम शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पत्रकार विजय आवाजलाई तल्लोस्तरको भाषामा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
महासंघले प्रकाशित समाचार प्रति गुनासो वा असहमती भए त्यसउपर बैधानिक बाटो रोज्ने विकल्प हुँदाहुदै सबै जनताले माया गर्ने कलाकारबाट यस किसिमको अशोभनिय कार्य हुनु आफैमा निन्दनिय भएको जनाएको छ । महासंघले घटनाप्रति क्षमायाचना गर्न र प्रेसको संवैधानिक मर्यादालाई ख्याल गर्न अभिनेत्री घिमिरेलाई ध्यानाकर्षण गराएको छ ।
मकवानपुरमा सुमिना बहिष्कृत
चलचित्र पत्रकार संघ मकवानपुर शाखाले वुधबार एक बिज्ञप्ती जारी गर्दै पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभिनेत्री सुमीना घिमीरेसँग सम्वन्धीत सम्पूर्ण कार्यक्रम र समाचार बहिष्कार गर्ने घोषणा गरेको छ । नायिका घिमीरेले मंगलबार साँझ अनलाईनखबरमा प्रकाशित समाचारको विषयलाई लिएर चलचित्र पत्रकार संघका केन्दि्रय सदस्य तथा अनलाइन खबर डटकमका पत्रकार बिजय ‘आवाज’ लाई समाचार लेखेको भन्दै ज्यान मार्ने धम्की दिएकी थिईन् । चलचित्र पत्रकार सघं मकवानपुर शाखा सचिब मणिराज गौतमद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ‘अभिनेत्री घिमीरेले गल्ती स्वीकार गर्दै माफी नमागेसम्म उनका सम्पुर्ण कार्यक्रम बहिष्कार कार्यक्रम जारी रहने छ ।
- अन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !