साइट टावरहरु निष्कृय भएका छन् भने भक्तपुर नयाँ ठिमीका मूख्य टावर ध्वस्त हुँदा काभ्रे, सिन्धुपाल्चोक हुँदै नेपाल चीन सिमाना तातोपानीसम्मका ६२ वटा साइट निष्कृय भएका छन्। यसअघि १४ वटा मूख्य टावहरु ध्वस्त भएका थिए भने अहिलेसम्म ती टावरहरु मर्मत गर्ने ठेकेदार कम्पनीहरुले मर्मत गर्न अस्विकार गर्दै आएका छन्।
नेपाल स्याटलाइट टेलिकम हेलो नेपालबाट निष्काशित ८७ जना कर्मचारीहरुलाई निशर्त पुनर्वाहाली गर्न माग राख्दै संघले गत मंसीर २० गतेदेखि आन्दोलन गर्दै आएको छ। २०११ मा हेलो नेपाललाई बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले खरिद गरेपछि अहिले टेलियासोनाको नेपाल मूख्यालय एनसेलमा पनि आन्दोलन शुरु भएको थियो। गत सोमबार कलंकीस्थित एनसेल सेन्टरमा मजदुरहरुले आक्रमण गर्दा ३ करोड बराबरको क्षति भएपनि टेलियासोनेराले सो घटनालाई सार्वजनिक गरेको थिएन। बुधबार ध्वस्त भएका २० वटा टावरबाट सञ्चालित ८१ वटा साइटहरु निष्कृय हुँदा दैनिक आम्दानी हुने करोडौं रकम टेलियासोनेरालाई घाटा भएको छ भने टावर मर्मत गर्न ३ करोड बराबरको रकम लाग्ने बताइएको छ।
माग सम्बोधन गर्न दवाव लिने उद्दे्श्यले मजदुरहरुले २ साताअघि एनसेलकै मुख्यालय कृष्णटावरमा आक्रमण गरेका थिए। माग पुरा गर्न दवाव दिने उद्देश्यले मजदुरहरु टावर र एनसेल सेन्टरहरु ध्वस्त गर्न बाध्य भएको मजदुरहरुले बताएका छन्। अझै पनि सुनुवाई नभए नेपालबाटै टेलियासोनेरालाई धपाउन बाध्य हुने उनीहरुको चेतावनी छ।
-विक्ली नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !