हाल काठमाडौंमै रहेका प्रकाशको कारवाही एमाओवादी पदाधिकारी बैठकले फुकुवा
गरिसकेको छ । अब अखिल क्रान्तिकारीले पनि वीनाको कारवाही फुकुवा गर्ने एक नेताले बताए । ‘प्रकाशमाथिको कारवाही फुकुवा भएपछि वीनामाथि चाहीँ कारवाही कायमै राख्ने कुरा भएन ।’ क्रान्तिकारीका एक पदाधिकारीले अनलाइनखबरसँग भने-’अब बस्ने बैठकबाट कारवाही फुकुवा हुन्छ ।’
कारवाहीअघि वीना क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी नेवाः राज्य समितिको सहइन्चार्ज हुनुहुन्थ्यो । अब फेरि विद्यार्थी राजनीतिमा आउने नआउनेबारे भने वीनाले केही बताउनुभएको छैन ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !