CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » कान्तिपुरले माइसन्सार डट कम किन्ने !

कान्तिपुरले माइसन्सार डट कम किन्ने !


mysansar-dot-comनेपालको चर्चित ब्लगमाइसन्सार डट कम कान्तिपुर मिडिया ग्रुपले किन्ने भएको छ । सबैजसो मिडियामा एकछत्र राज गरिरहेको कान्तिपुरले ब्लगिङ क्षेत्रमा पनि आफ्नै प्रभुत्व जमाउन यस्तो योजना बनाएको बुझिएको छ ।
ब्लग बिक्रीबारे माइसन्सारका सञ्चालक/ सम्पादक उमेश श्रेष्ठ (सालोक्य) ले भने केही बताउन चाहेनन् । अनलाइनहरुबीच भैरहेको तिब्र प्रतिष्पर्धाबीच कान्तिपुरले चर्चित ब्लग माइसन्सार डट कम किन्ने तयारी गरेको हो ।
वेबसाइटहरुको लोकप्रियता मापन गर्ने वेबसाइट एलेक्सामा माइसंसार डट कम नेपालको ३३ औँ स्थानमा छ ।
कान्तिपुर मिडिया ग्रुपको ईकान्तिपुर डट कम अनलाइनखबरसँग एलेक्सामा स्थान बढाउन प्रतिष्पर्धा गरिरहेको छ । नेपाल रिपब्लिक मिडियाको अनलाइन नागरिकन्यूज डट कम र इकान्तिपुर डट कमबीच पनि यसका लागि तीब्र प्रतिष्पर्धा छ ।
कान्तिपुरले केही अन्य चर्चित ब्लगहरुपनि किन्ने तयारी गरेको श्रोत बताउँछ । कान्तिपुर श्रोतका अनुसार आकारपोष्ट डट कम र दुरसंचार डट कमसँग यसबारे कुरा अघि बढिसकेको छ ।
सन् २००५ को अप्रिलदेखि सुरु भएको माइसन्सार डट कम नेपाली भाषाको पहिलो ब्लग हो ।
माइसन्सार र कान्तिपुरबीच केही दिनभित्रै सहमति पत्रमा हस्ताक्षर हुने बुझिएको छ । माइसन्सार र कान्तिपुरबीच तयार भएको सहमतिको ड्राफ्ट मिडिया कुराकानीले फेला पारेको छ ।
ड्राफ्ट पढ्न यहाँ  तल पढन सकिन्छ | 
तल सम्म स्क्रोल डाउन गर्नु होला 
============
=================
=

=======================
=======================
=========================
=================================
===============================
==

=
=
=
=
=
=
=
=
=
=
=
=
=
=





april fool

अप्रिल फुल मनाउन अलि ढिलै पो भयो त । 
आज १ अप्रिल अर्थात अप्रिल फुल । हामी हाम्रा पाठकलाई अत्यन्त इज्जत गर्छौँ । तपाईँले पढेको ब्लग अप्रिल फुल मनाउने प्रयोजनका लागि मात्र राखिएको हो ।
नेपाली मिडियाले पाठक, श्रोता, दर्शकलाई गलत सूचना दिएर मुर्ख नबनाउन भन्ने कामना गरौँ । तपाईँको समय शुभ रहोस् । :)
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis