CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » एनसेलको ठगीमा अख्तियार मौन

एनसेलको ठगीमा अख्तियार मौन

Ncell-SIMकाठमाडौं। पछिल्लो समय एनसेलले ल्याएको पैसा डबल योजना पनि ग्राहकहरुलाई ठगी गर्ने योजना भएको पुष्टि हुँदै जान थालेको छ। प्रचारप्रसारमा करोडौं रुपैयाँ खर्च गरेर ग्राहकहरुलाई ठगी गर्दै आएको एनसेलले ल्याएको डबल योजना पनि ठगी गर्ने उद्देश्यका साथ ल्याएको
देखिएको छ। सो योजना ठगी गर्ने उद्देश्यबाट ल्याएको उजुरी दूर संचार प्राधिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि एनसेलका उच्च तहका अधिकृतहरु आयोगका अधिकारी र नेपाल दूरसञ्चार प्राधिकरणका उच्च अधिकारीलाई प्रभाव पार्ने खेलमा लागेका छन्। डबल योजना ठगी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। कुनै उपभोक्ताले एक हजार आफ्नो व्यालेन्समध्ये पैसा डबल योजनामा सहभागी हुन एनसेलको निर्देशनअनुसार पहिले ५ सय कटाउनुपर्नेछ। त्यसपछि एनसेलले तयार पारेको व्यालेन्स एक हजार थप्ने गरेको छ।
एकातिर भने अर्कोतिर एनसेलले आफ्ना कर्मचारीहरुमाथि प्रहरी हस्तक्षेप गरेर कर्मचारीहरुलाई समेत निरुत्साहित पार्ने र उनीहरुको श्रमशोषणा गर्ने कार्यशैलीको कारण एनसेलको ठगी नाङ्गो रुपमा देखापर्न थालेको छ। करिब एक सय कर्मचारीलाई एनसेलले निष्काशित गरेपछि आन्दोलन गर्दै आएका कर्मचारीहरुमाथि एनसेलले प्रहरी लगाएर खेदाउने काम गरेको छ। प्रहरीको हस्तक्षेपबाट एकदर्जन भन्दा बढी कर्मचारी घाइते भएका थिए भने केही कर्मचारीहरुलाई गिरफ्तार गरिएको थियो। प्रहरी हस्तक्षेपपछि आक्रोशित मजदुरहरुले प्रतिरोध गर्दा केन्द्रीय कार्यालयसमेत क्षतिग्रस्त भएको थियो। हलो नेपालबाट कर्मचारी निष्काशित गरिएको महिनादिनपछि बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले हलो नेपाल कम्पनी खरिद गरेको थियो। अहिले दुईवटै केन्द्रीय कार्यालय कृष्ण टावरमा रहेको छ। सुरुमा व्यापारी अजय सुमार्गीको नाममा रहेको एनसेलको ब्रान्ड एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको लगानी रहेको चर्चा छ। पार्टीकै सल्लाहमा दाहाल र कृष्णबहादुर महराको नाममा लगानी गरिएको तर पार्टी फुटेपछि शेयर निष्काशनमा बैद्य पक्षले समेत माग गरेपछि उनीहरुलाई नदिएपछि आन्दोलन अगाडि बढेको हो।
तर, त्यसरी थप गरिएको रकमले एनसेलमै फोन गर्नुपर्ने भएकाले सो योजना ठगीको योजना भएको व्यवहारमा पुष्टि भएको छ। त्यतिमात्र होइन, त्यसरी थपिएको रकम प्रयोगकर्ताले एनसेलकै फोनमा फोन गर्नुपर्ने, त्यसमा पनि एक हप्तामा सक्नुपर्ने भएकाले पनि सो योजना ठगी योजना भएको पुष्टि भएको छ।
त्यसरी नै नेपाली जनतालाई सस्तो र सर्वसुलब सुविधा दिने भनेर तामझामका साथ अर्बौ लगानी गरेको एनसेल नामक विदेशी दूरसञ्चार कम्पनीले नेपाल र नेपालीलाई ठगेर अर्बौ रकम बिदेश लाने तयारी गरिरहेको छ। टेलिकमका केही कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी नेपाल टेलिकमको प्राविधिक एन्टेना आफ्नोमा भन्दा उच्च भोल्डको जडान गराउने र बढी क्षमताका फ्रिक्वेन्सी जडान गराएर एनसेलको सञ्चार सेवा प्रभावकारी बनाउने गरेको छ। उता नेपाल टेलिकमको फ्रिक्वेन्सी भने कम क्षमताको राखेर अप्रत्यक्ष रुपमा उसलाई फाइदा पुर्याकउने योजनामा लागिरहेको थाहा भएको छ। समाचार स्रोतकाअनुसार उक्त कम्पनीले विभिन्न किसिमका राहत योजनाहरु देखाएर ग्राहक बन्न लगाउने  अनि सेवा दिनुको सट्टा पछि सेवा नै कटौती कसरी हुन्छ? त्यसतर्फ ध्यान दिंदै ग्राहकलाई लुटिरहेको थाहा भएको छ। उद्योगपतिदेखि बैंकरहरुलाई समेत आर्थिक प्रलोभनमा पारेर ठूलो रकम असुल गर्ने तर असुल गरेअनुसारको सेवा भने नदिने गरेको पनि एक उद्योगपतिले बताएका छन्। सिमकार्ड लिन लाइनमा बसेका ग्राहक र विभिन्न कामका लागि एनसेल कार्यालयमा लाइन बसेका ग्राहकलाई समेत पेसेवर गुण्डा लगाई पैसा लुट्ने सिमकार्ड लुट्नेलगायत अन्य मानसिक यातना दिने गरेको रेग्मी थरका एक ग्राहकले बताए। पछिल्लो समयमा नेपाल टेलिकमको सञ्चार सेवाभन्दा एनसेलको सेवा राम्रो छ भन्दै व्यापार गरिरहेको र त्यसका लागि नेपाल टेलिकमले वितरण गर्ने फाइबर लाइनसमेत पैसाको भरमा बढी पावरको राख्ने गरेको पनि टेलिकमका कर्मचारीले बताएका छन्। नेपाली जनताको हितमा काम गर्नुपर्नेमा पैसाकै भरमा नेपाल टेलिकमलाई कमजोर पार्ने खेलमा लागेका टेलिकमका कमिशनखोर कर्मचारीहरुलाई समेत कारबाही गर्नुपर्ने इमान्दार कर्मचारीहरुले बताएका छन्। अहिले नेपाल टेलिकमलाई एनसेलले सेवा शुल्क बापत २८ करोड बढी रकम तिर्न बाँकी रहेको र उक्त रकम नतिर्नका लागि मुख्य अधिकृतहरुलाई आर्थिक प्रलोभनमा पारेर उम्किन खोजिरहेको पनि कर्मचारीहरुले बताएका छन्। यदि समयमै बाँकी बक्यौता उठाउन ताकेता नगरेको खण्डमा र आर्थिक प्रलोभनमा परेका टेलिकमका कर्मचारीहरुलाई तुरुन्त कारबाही नगरेको खण्डमा मुलुकले २८ करोड घाटा ब्यहोर्नुपर्ने निश्चित छ। यसरी सरकारी ढुकुटी डुबाइरहँदा समेत अख्तियार दुरुपयोग आयोगले रमिता हेरेर बस्नुलाई आम जनताले निक्कै अर्थपूर्ण ढंगले हेरेका छन्। युरोयिन मुलुकहरुमा ब्रम्हलुट गरेर आएको एनसेलले नेपाललगायत अन्य मुलुकमा कार्यरत तल्लोस्तरका कर्मचारीहरुलाई श्रमशोषण गरेर अकुत सम्पत्ति कमाइरहेको छ भने सेवा सुविधा दिने नाममा ग्राहकलाई पनि तीव्र रुपमा ठगिरहेको छ।
http://www.weeklynepal.com/2013/03/30/ncell-loot/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis