न्युयोर्क – तत्कालीन अमेरिकी प्रथम महिला बेटी फोर्डले सन् १९७४ मा आफ्नो स्तन काटेर फ्याँकिएको (म्यास्टेक्टोमी गरिएको) घोषणा गर्नुलाई स्तन क्यान्सरको इतिहासमा ठूलो घटना मानिन्छ। स्तन क्यान्सरबारे जनचेतना जगाउन फोर्डको खुलासाले महत्त्वपूर्ण भूमिका खेलेको थियो।
अहिले चार दशकपछि अभिनेत्री एन्जेलिना जोलीले म्यास्टेक्टोमी प्रक्रियापछि आफूले दुवै स्तन गुमाएको रहस्य खुलाएपछि त्यस्तै हलचल र जागरण पैदा भएको छ। स्तन र डिम्ब क्यान्सरबाट मुक्त हुन जोगाउन म्यास्टेक्टोमी गरिएको एन्जेलिनाले मंगलबार न्युयोर्क टाइम्सको विशेष लेखमा लेखेकी छन्।
'एक सुन्दर र प्रख्यात अभिनेत्रीको यस्तो सन्देशले पीडित महिलाहरुलाई ठूलो साहस दिनेछ,' मेडिकल इतिहासविद् तथा 'द ब्रेस्ट क्यान्सर वार्स' किताबका लेखक ब्यारोन एच लर्नरले भने। तर, केही चिकित्सकले भने सुरुवाती अवस्थाका क्यान्सर रोगीका लागि आवश्यक पर्न नसक्ने म्यास्टेक्टोमीतर्फ महिलाहरु उन्मुख भइहाल्ने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
न्युयोर्क टाइम्सको विचार पृष्ठमा लेख लेख्दै एन्जेलिनाले आफ्नो आमा क्यान्सरबाटै ५६ वर्षको उमेरमा बितेको र त्यस्तै अनुवांशिक खतराबाट बच्न आफूले म्यास्टेक्टोमी गरेको खुलाएकी छन्। उनको स्तन प्रतिस्थापनको शल्यक्रिया पनि सुरु भइसकेको छ।
३७ वर्षीया उनले स्तन क्यान्सरबारे अन्तर्वार्ता भने दिएकी छैनन्। उनले क्लालिफोर्नियाको बेभर्ली हिल्सको पिंक लोटस ब्रेस्ट सेन्टरमा उपचार गराएकी हुन्। अभिनेता ब्राड पिटबाट तीन र एडप्ट गरिएका तीन गरी उनका ६ जना बालबच्चा छन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !