गाँजा खाने व्यक्तिको सरीरमा इन्सुलिन हर्मोनको मात्रा सन्तुलित हुने र त्यसले रगतमा चिनिको मात्रा नियन्त्रण गर्ने अध्ययनको निष्कर्ष छ ।
यो अध्ययनको निष्कर्ष प्रारम्भिक अवस्थामा रहेको र यसको थप पुष्टि भैसकेपछि
गाँजामा पाइने रसायन टेट्राहाइड्रोक्यानाबिनोल अर्थात् टिएचसीलाई मधुमेहको उपचारमा प्रयोग गर्ने मार्ग प्रसस्त हुने शोधकर्ताहरुको भनाइ छ ।
अमेरिकन जर्नल अफ मेडिसिनमा छापिएको उक्त अध्यननको खबर अनुसार नियमित रुपमा गाँजा सेवन गर्ने मानिसमा मधुमेहको जोखिम कहिल्यै गाँजा सेवन नगर्ने मानिसमा भन्दा १६ प्रतिशतले कम हुन्छ ।
गाँजा सेवन गर्ने मानिसको भुँडी पनि सानो हुने र यसले मोटोपन घटाउने शोधकर्ताहरु बताउँछन् । गाँजा परम्परागत औषधिको रुपमा दुखाइ कम गर्न तथा विभिन्न खालका आँखाको रोग तथा क्यान्सर लगायतको उपचारमा पनि प्रयोग गरिन्छ ।
अमेरिकाको अनुसन्धानमूलक संस्था पिउ रिसर्च सेन्टर फर पिपुलले गरेको अध्ययनमा ४ हजार ६ सय ५७ जना मानिसको तथ्यांक समावेश गरिएको छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !