तर जंग दा युयोन पहिले देखि नै यस्ती भने होइनन् । सन् २००३ मा दुइजना बच्चाको आमा भइसकेपछि उनी ७० किलोकी भइन् र साधारण गृहिणी जस्ती देखिन्थिन् । मिडिया रिपोर्टका अनुसार, एक दिन उनी बिहान उठिन् र आफ्नो मन नपरेको शरिर र तौलका लागि केहि गर्ने बिचार गरिन् र डाइटिङ र व्यायामले तौल घटाउने सोच बनाइन् । यद्यपी, जंगले वाल स्ट्रिट जर्नललाई दिएको बयान अनुसार ढाड दुख्ने समस्याबाट छुटकारा पाउनका लागि उनलाई तौल घटाउने प्रेरणा मिलेको बताउँछिन् । उनले तीन महिनामा २० किलो तौल घटाउन सफल भइन् र आफ्नो नयाँ फोटोहरु हेरिसकेपछि उनी अझ बढि प्रेरित भइन् । संसारको सबै गृहिणीले उनको जस्तै जिउडाल पाउनका लागि उनको तरिका अपनाए । उनको सुगठित शरिरका कारणले नै उनी टेलिभिजनमा तौल घटाउने तरिकाका साथमा आउन थालिन् । उनी कोरियाभन्दा अरु देशहरु जस्तै जापानमा पनि प्रख्यात बन्दै गइन् जहाँ उनले व्यायामको थिम भएको भिडियो गेम लन्च गरिन् ।
उनी आफ्नो यो अहिलेको स्वरुपमा निकै खुसी भएको बताउँछिन् । व्यायामका कारण पाएको यो अनुपम सौन्दर्यले उनलाई ४६ वर्षको उमेरमा पनि २० वर्षको जस्ता देखाउन सफल भएको छ भने यसले गर्दा उनले नाम र दाम दुबै कमाएकी छिन् ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !