बलिउड छिर्नु र सफलता कमाउनु भनेको फलामको चिउरा चपाउनु बराबर हो। शाहरूख खान बिनाकुनै खानदान बलिउड छिर्दा निकै संघर्ष गर्नुपरेका कथा उनैले सुनाउँदा पनि जहानियाँ प्रवृत्तिको जरा छाम्न सकिन्छ। नेपाली फिल्म उद्योगमा चाहिँ आफन्तलाई तान्न हिच्किचाउने चलन छ किनभने यहाँको माहौल त्यति व्यावसायिक छैन। तर बलिउडको कुरै अर्को। एक जमानाकी चल्तीकी नायिका शमिर्ला टैगोरकी छोरी सैफअली खानकी बहिनी सोहाअली खान पनि बलिउड छिर्नुमा खानदानकै प्रभाव मान्ने धेरै छन्। अभिनय र सुन्दरता दुवैमा ठीकठाक भए पनि गतिला प्रोजेक्टमा काम पाउनुलाई खानदानकै रबाफ मान्नेहरूका लागि सोहाले हालै मुख खोलेर जवाफ फर्काइन्, ‘म फिल्म 212ेत्रमा आउनुमा अभिभावकको कुनै इच्छा होइन।’ उनले त आफू अभिनयमा आएको परिवारका सदस्यलाई मन नपरेको पनि जोड दिएरै भनिन्।
२५ वर्षको उमेरमा उनी बलिउड छिर्दा उनको दाजु सैफ नै सेफ देखिएका थिएनन्। ‘जब म २५ वर्षकी भएँ, अभिभावकको इच्छाविपरीत अभिनयमा लागें। मेरा कारण दाइ एकदमै डराएका थिए’ नौ वर्षको करिअर बनाइसकेपछि सोहाअलीले बल्ल मुख खोलिन्, ‘जब म फिल्म खेल्न दाइसँगै मुम्बई बस्न आएँ। दाइलाई आफ्ना कारण म फिल्म खेल्न आएको पर्ने भन्दै बुबाआमासँग डराएका थिए। बैंकमा राम्रो जागिर खाएर बसे हुने भन्ने अभिभावको इच्छाविपरीत जाँदा त्यो मेरै छनोट थियो भनेर भन्न दाइले अह्राए।’ सोहाले विगतको करिअर संघर्षलाई ‘तिम्रो मनलाई पछयाऊ’ शीर्षकको अन्तर्त्रि्कयामा सहभागीमाझ पोखेकी हुन्। लन्डनबाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी सोहाले अभिनयमा आउँला भनेर नलागेको सुनाइन्। ‘तर केही फरक गर्न चाहन्थेँ। फिल्ममा आएँ भने अरुले पनि आमा र दाइकै कारण सजिलो बाटो रोजेको टिप्पणी गर्थे नै। तर म थिएटर र अभिनय भनेपछि भुतुक्कै।’ ‘दिल मागे मोर’ बाट बलिउडमा डेब्यु गरेकी उनले सुनाइन्। सोहाको अभिनयलाई ‘साहेब बीबी और ग्यांगस्टार’ मा बढी रुचाइएको थियो।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !