शम्भुलाल श्रेष्ठलाई नयाँ मान्छे भेट्नेबित्तिकै 'जय नेपाल' भन्ने बानी परेको भए पनि माओवादीमा छिरेपछि 'लाल सलाम' भन्न नजानेर आपत् छ। कतिपय भाषणमा त उनी लाल सलाम शैलीमा हात उचाल्दा रहेछन् र जय नेपाल भन्दा रै'छन्। पार्टी छोड्नु पो सजिलो तर राजनीतिक शैली चटक्कै छोड्नु कहाँ सजिलो हुन्छ र ? यस्तै आपत् परेको छ, सोही क्षेत्रमा एमाले छाडेर सद्भावनाबाट उम्मेदवार बनेका रूपनारायण सिंहलाई, जय मधेस भन्न नजानेर। सर्लाहीको बयलवासमा भेटिएका उनी भन्दै थिए, "अभिवादन कामरेड भन्ने बानी अझै हराएन।" बिचरा, आयाराम गयारामहरू !
- जनकराज सापकोटा
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !