दिउँसो २:४५ बजेदेखि ३ बजेसम्म मुर्तिको रङ नै फेरिएको आज पुजाको पालो परेका
गुठियार डेविड जोशीले बताए। दिउँसो पौने ४ बजेसम्म पनि पसिना बग्नेक्रम जारी छ।
पसिना आउनुलाई अनिष्टको संकेतकारुपमा मान्दै आएका दोलखाका विभिन्न भागका मानिस मन्दिर पुग्नेक्रम जारी छ। अहिले चरिकोट बजारबाट मानिसहरु मन्दिर पुगेका छन। उनीहरुले लगातार घन्ट बजाइरहेका छन।
१९९० सालको भूकम्पदेखि दरबार हत्याकाण्ड अगाडी र २०६३ सालमा पनि राजनीतिक परिवर्तन हुँदा दोलखा भीमसेनमा पसिना आएको बताइन्छ।
'मुलुकमा अनिष्टको सुचक' भन्दै स्थानीय प्रशासनले राष्ट्रप्रमुख पत्राचार गरेको छ। मन्दिरमा क्षमा पूजा गर्नका लागि दोलखाका सिडिओ प्रल्हाद पोखरेलले राष्ट्रपतिको कार्यालयलाई अनुरोध गरे पत्रसमेत पठाएका छन्। साभार : नागरिक न्युज

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !