काठमाडौं, जेष्ठ १ । अख्तियारले काठमाडौं जिल्ला विकास समितिका प्राविधिकलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । भ्रष्टाचार विरुद्धको अभियान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त टोलीले काठमाडौं जिविस अन्र्तगतको जिल्ला इञ्जिनियर कार्यालयका
इञ्जिनियर शालिग्राम देवकोटालाई घूस बापत लिएको एक लाख रुपैयाँसहित पक्राउ गरेको हो ।ब्रदर्श
यस्तै, जिविस काठमाडौंकी नायव सुब्बा रुकु खत्रीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । खत्रीले फाइल दर्ता गर्ने तथा अन्य विभागमा पठाउने क्रममा ३ हजार रुपैयाँ घुस खाएको बताइएको छ ।
पक्राउ परेका इन्जिनियर देवकोटाले आफू निर्दोष रहेको दाबी गर्न भने बिर्सेनन् ।
अख्तियार टोलीले कम्पनी दर्ताका अन्य १३ वटा फाइलसमेत नियन्त्रणमा लिएर गएको छ ।
इञ्जिनियरिङ कार्यालयका प्रमुख इञ्जिनियर महेश अर्यालले भने आफ्नो कार्यालयमा अहिलेसम्म यस्ता घूसकाण्डका नभएको दाबी गर्दै अख्तियारले यस घटनामा पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने विश्वास ब्यक्त गरे ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !