हाम्रो देशको जासुसी अर्थात् गुप्त सूचना संकलन गर्ने निकाय त तपाईँहरुलाई थाहा होला नि- राअवि। अर्थात् राष्ट्रिय अनुसन्धान विभाग। यही विभागका दुई प्रहरी अधिकृत अख्तियारले समातेको छ। समात्न पनि चानचुने गरी हो र, ७५
हजार (लाख हैन हजार हो, सुरुमा हाड भएको हात चिप्लिएर लाख लेखिएको रहेछ। सच्याइएको छ) रुपियाँ घुस खाँदै गर्दा।
कुरो के रहेछ भने हाम्रो यो जासुसी विभागले विभिन्न ठाउँबाट सूचना संकलन गर्नलाई विभिन्न ठाउँमा विभिन्न मान्छेलाई खटाउने रहेछ।
यसै क्रममा काठमाडौँ विमानस्थलको सूचना संकलन गर्न प्रहरी निरीक्षक राजन थापा र सहायक निरीक्षक विश्वेश्वर आचार्यलाई खटाइएको थियो।
यी मुलाहरुले सूचना संकलन त गर्थे तर गाँठ कमाउने मामिलामा। सेटिङ मिलाउँथे विदेश जाने मान्छेहरुलाई उडाउन सजिलो बनाउन। अनि त्यसवापत् घुस खान्थे।
उनीहरुको यस्तो चर्तिकलाबारे अख्तियारमा उजुरीसमेत पर्यो। उजुरीपछि अख्तियारले निगरानी गरेर जासुसमाथि नै जासुसी गरिदिएछन्।
अनि मंगलबार राति एयरपोर्टको सेकुवा पसलमा पैसा लिँदै गर्दा झ्याप्प समातिहाल्यो प्रहरीले।
आफूमाथि जासुसी भइरहेको समेत थाहा नपाएका थापा र आचार्यले जासुसीको नाममा कलंकै थापे।
असई आचार्यको घर गृहमन्त्री वामदेव गौतमको गृहजिल्लामा पर्छ। गृहमन्त्री गौतम हुँदा नैै उनलाई एयरपोर्ट सरुवा गरिएको थियो। शाायद् त्यस्ता पोस्टिङ पाउन भन्दै उनले पनि घुस पो खुवाएका थिए कि ! अनि अहिले असुलउपर पो गरिरहेका हुन् कि।
अख्तियारले पनि अनुसन्धानै गर्ने हो। तर यो साता दुई दुई वटा अनुसन्धान विभागका कर्मचारीहरु फन्दामा परे। यसअघि सम्पति शुद्धिकरण अनुसन्धान विभागका हाकिम घुससहित पक्राउ परेका हुन्।
सयोग पनि कस्तो हेर्नुस् न- कालो धनको बारेमा छानबिन गर्ने मान्छेहरु नै कालो धनलाई सेतो बनाइदिन्छु भन्दै घूस खाँदा रहेछन्। अनि जासुसहरुको जासुसी अन्यत्रैबाट भइरहेको रहेछ।
यस्तै रहेछ जय घुस नेपाल !
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !