धेरै विवाहित नायिकाहरू विवाहपछि पलायन भएका छन्। विवाह पछि चलचित्रमा अभिनय गर्ने अवसर कमैले मात्र प्राप्त गर्छन्। परिवारको साथ पाए पनि चलचित्रमा मुख्य भूमिका तथा राम्रो पटकथामा काम गर्ने अवसर अझ न्यून हुन्छ। विवाहित भए पनि करिनाले सिंघम रिर्टन्समा अजयका साथमा जमेर रोमान्स सिन दिएकी छिन् भने बताइन्। उनी चाँडै कबिर खानको बजरंगी भाइजानमा सलमान खानका साथ देखिने छिन्।
नग्न शर्लिन
भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर प्लेब्वाय म्यागजिनले मोडल एवं अभिनेत्री शर्लिन चोपडाको न्युड फोटोसुटका तस्बिर सार्वजनिक गरेको छ। शर्लिन पहिलो भारतीय मोडल हुन्, जसले प्लेब्वायका लागि न्युड फोटोसुट गराएकी थिइन्। आफ्ना न्युड तस्बिरहरू सार्वजनिक हुने भएपछि शर्लिनले आफू एकदमै उत्साहित भएको बताइन्। शर्लिनले भनेकी छिन्- 'म प्लेब्वाय म्यागजिनप्रति एकदमै आभारी छु, किनभने उनीहरूले भारतीय स्वतन्त्रता दिवसको अवसरमा तस्बिर रिलिज गर्ने निर्णय लिए, योभन्दा राम्रो टाइमिङ अर्को हुनै सक्दैनन्।' स्मरण रहोस्, शर्लिनको उक्त फोटोसुट-२०१२ मै गरिएको थियो। त्यतिबेला नै शर्लिनको उक्त न्युड फोटोसेसनले बलिउड र दक्षिण एसिया क्षेत्रलाई तरंगित तुल्याएको थियो।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !