नमस्कार म कहिले शिखर, कहिले सम्राट र कहिले अमिर उपनामले परिचित थिंए जनयुद्धताका। जम्मा थोरै १५ बर्ष अभ्यास गरेँ कम्युनिस्ट क्रान्तिकारी पार्टीमा।
अन्याय, अत्याचार, थिचोमिचो र शोषणविरुद्ध न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने महान सपना बोकेर (कम्युनिस्ट हो तो ऐसा क्रान्तिकारी भन्दै) हाम्फालेँ। प्रचन्ड, बाबुराम र वैद्य मिलेर बनेको माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टी भएपछि हातेमालो गरेर अगाडि बढ्न आनाकानी गर्नु एउटा असल कम्युनिस्ट क्रान्तिकारी रास्ट्रभक्त बन्न चाहने जोकोहीको निम्ति पनि सहज थिएन। र म पनि अलग रहन सकिनँ। पार्टीले दिने सबै
योजनाहरुमा एकाग्रताका साथ लागियो। बदमासी गर्ने विचार हुन्थ्यो भने पैसाको लागि आज म विदेशी भूमिमा दुःखैदुःखमा रगडिन पर्ने थिएन सायद।
दोस्रो संविधानसभा निर्वाचनसम्म म आफ्नो क्रान्तिकारी विचार र व्यवहारप्रति स्पस्ट थिएँ। त्यसपछि म कम्युनिस्ट आन्दोलन र आफ्नो हालतबारे समीक्षा गर्ने बिन्दुमा आइपुगेँ।
१. कथनी र करनीमा धेरै ठाँउहरुमा भिन्नता पाएँ।
२.जो भएका पुराना इमान्दार नेता र कमरेडहरु पनि असाध्यै निराश र खुल्न नसकेको पाएँ।
३.बदमास नेता र कतिपय त्यस्ता कमरेडहरु छन्, साथीहरुलाई कारबाही गर्या जस्तो गर्ने, कुरा धापधुप लुकाउने वा केही समयको लागि ब्यक्तिलाई नै भगाउने प्रवृत्तिले सताइरह्यो खासगरी शान्ति प्रकृयादेखि यता।
४.पार्टीमा गोपनियता,अनुशासन र क्रान्तिकारी व्यवहार भन्ने कुरा दुर्लभ बन्दै गएको पाएँ।
५.हेडक्वार्टर भ्रस्टाचार वा कुनै पनि अपराधको छानबिन गर्न राजी हुन्छ विभिन्न आयोग वा समिति बनाउँछ तर त्यसको चित्तबुझ्दो नतिजा सार्वजनिक गर्न डराउँछ।
६.नेताहरु खासगरी आफ्ना कार्यकर्ता र जनताको चाहना भन्दा पनि अरु पार्टीका नेता,कार्यकर्ता र कसरी विदेशी दलालहरुको प्यारो बन्ने ताकि उनीहरुको आशीर्वादले नेपालको राजनीतिक बागडोर आफ्नो हातमा रहिरहोस्।
७.पार्टीले केही गर्न खोजेजस्तो गर्ने तर केही गर्न पनि नसक्ने।
८.जनयुद्धताका हाइ-फाइ गर्ने केही कमरेड नेता भनौँदाहरुले शान्ति प्रकृमा दाइँ गर्न थालेपछि पार्टीको हालत खराब हुँदै गएको विभिन्न समयमा घटेका घटनाहरुले पनि देखाउँछ।
९.अस्वच्छखाले गुटबन्दीको अभ्यासले पार्टी फुट्यो। तैपनि बुद्धि पलाएन। नेताहरुको छिनाझपटिले एउटै क्षेत्रमा अलग-अलग लिडर खडा गर्छन्। मैले नेताहरुको त्यो दयनीय अवस्था देखेँ र उनीहरु आफ्ना कार्यकर्ताहरुलाइ केही दिन र गर्न गराउन नसके पनि लिडर भने तुरुन्तै खडा गरेर निर्वाहमुखी भएको पाएँ।
त्यतिबेला मैले उपस्थित नेताहरुलाइ भनेँ- तपाइहरु यस्तो राजनीति गरिरहनु हुन्छ भने हामी तपाइँहरुको भर्याङ बनिरहन सक्दैनौ।
१०.खासगरी दोस्रो संविधानसभाको लागि भएको चुनावमा माओवादी नेताहरुको बढी स्यालहुइँयापन देखियो। कमरेड आहुति अहिले दुनिया बदल्ने फुमन्तर तयार गरिरहनुभएको छ। उहाले तामाङसालिङ प्रशिक्षणमा लौ कमरेडहरु अब आजैदेखि तपाइँहरु चुनावको तयारीमा लाग्नुस् खर्च-पानी आजदेखि सबै पार्टीको। जजसलाई चुनाव अघि जेजे दिएर हाम्रो पार्टीले चुनाव जित्छ, त्यसको लागि पार्टीले कुनै कुरामा कन्जुस्याइँ गर्दैन इत्यादि।
अन्ततः तातोपिँडालु केही लछारिएन बरू खोकला पार्टीमा परिणत भएछौँ।
अन्तमा जसरी मेरो उपनाम थरीथरी रहनगयो त्यसैगरी यो राजनीतिक ब्यबस्था पनि थरीथरीको हुँदो रहेछ। व्यवस्थाको नाम मात्र बदल्नु ठूलो कुरा होइन, त्यसको सही ब्यबस्थापन हुनु पनि महत्वपुर्ण पाटो हुन आउँछ। हामीले लडेर ल्याएको व्यवस्था कामकाजी होइन, केही गर्न नसक्ने मेरो नामजस्तै भएकोमा मलाई घृणा लाग्यो र म आज विदेशिएँ।
(माओवादी कार्यकर्ता ढकालको बन्दूकदेखि विदेशसम्मको यो यात्रा पीडा उनले आफ्नो फेसबुकमालेखेका हुन्।)
साभार : माई संसार
This comment has been removed by a blog administrator.
ReplyDelete